अरुणोदय माविको नवर्निमित भवन उद्घाटन सँगै भलिबल प्रतियोगीता शुरु

Written by meropradesh creator

२४ फाल्गुन २०७७, सोमबार

रामेछाप । लिखुुतामाकोशी गाउँपालिका वडा नं–२ सैपुुमा रहेको अरुणोदय माध्यमिक विद्यालयको नवर्निमित विद्यालय भवनको उद्घाटन सोमवार एक कार्यक्रमका बिच बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गरेका छन् ।
अरुणोदय माध्यमिक विद्यालयको हाताभित्र निमार्ण भएको चार कोठे पक्की भवनको मन्त्री ढुगेलले उद्घाटन गरेका हुन् । भवन निमार्णको लागि कुल ७० लाख रुपैयाँको लागतमा निमार्ण भएको उक्त भवन निमार्ण भएसँगै विद्यालयमा अध्ययनरत बालबालिकाहरुको अध्ययनमा सहयोग पुुग्ने अरुणोदय माध्यमिक विद्यालयका प्रध्यानध्यापक सन्तोष पौडेलले जानकारी दिए ।


उक्त विद्यालयको भवन उद्घाटनको अवसर पारेर नग आउटको आधारमा छात्र भलिबल प्रतियोगीता पनि आजवाट शुरुवात भएको छ । भलिवल प्रतियोगीता २७ गतेसम्म चल्ने आयोजक संस्थाले जनाएको छ । विद्यालयले आयोजना गरेको उक्त प्रतियोगीतामा २ लाख भन्दा बढीको पुरस्कार राशी रहेको छ । भलिवल प्रतियोगीतामा रामेछापको अलावा छिमेकी जिल्ला ओखलढुुगांका केही सामुदायिक विद्यालयहरुको समेत सहभागीता रहेको छ ।


भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाई १ लाख, द्धितिय टिमलाई ५० हजार र तृतीय हुने टिमलाई ३० हजार नगद सहित शिल्ड, मेडल, प्रमाण–पत्र र सात्वना हुने टीमलाई १५ हजार नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । त्यस्तै प्रतियोगीतामा ब्लकर, सेटर, स्पाइकर, डिफेन्डर। सर्वर, वेष्ट प्लेयरका उत्कृष्ठ खेलाडीलाई पनि ५÷५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने अरुणोदय माध्यमिक विद्यालयका खेल शिक्षक अनिष राउतले जानकारी दिए ।
उनले भने– प्रतियोगीतामा ९ जना खेलाडी, टिम कोच र खेल शिक्षक उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ । भलिबल प्रतियोगीतामा कक्षा १२ सम्मका विद्यार्थी मात्र सहभागी हुने प्रावधान राखिएको छ । प्रतियोगीतामा सहभागी हुने विद्यालयले टिम दर्ता शुल्क बापत रु.५ हजार रुपैयाँ बुझाउनु पर्ने प्रावधान राखिएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...