रामेछाप । घर नजिकैको खरबारीमा घाँस काट्ने क्रममा अरिगांलले चिल्दा लिखु तामाकोशी गाउँपालिका–४ कल्लेरीका ७५ बर्षिय टेक बहादुर सिंजाली मगरको शनिवार गएको छ ।
शुक्रवार दिउँसो बस्तुलाई घाँस काटेर ल्याउँछु भन्दै घर नजिकैको खरवारी तर्फ गएका मगर रातीसम्म घर नफर्किएपछि उनलाई खोज्न घरपरिवारका सदस्यहरु जाँदा मगर भुुइमा अचेत अवस्थामा लडिरहेको र उनको शरिरभर अरिगांलले टोकिरहेको अवस्थामा भेटेका थिए । परिवारका सदस्यले मगरलाई घटनास्थलवाट उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी धोवीमा भर्ना गरिएको थियो ।
स्वास्थ्य चौकी धोवीमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमान्डौ लैजाने क्रममा बिच वाटोमा नै मगरको ज्यान गएको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिए । मृतक मगरको शब पोष्टमार्टमको लागि अहिले मन्थली अस्पताल लगिएको छ ।