अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीलाई अझै शसक्त बनाइन्छ– महानिरीक्षक थापा

Written by meropradesh creator

९ फाल्गुन २०७७, आईतवार

रामेछाप । नागरिकहरुको सुरक्षामा अहोरात्र खट्ने नेपाल प्रहरीलाई अपराध अनुसन्धानको क्षेत्रमा अझै दक्ष र सशक्त वनाउनको लागि आफु लागि परेको प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले बताएका छन् ।
सो कुरा उनले आइतवार जिल्ला प्रहरी कार्यालय रामेछापको भुकम्पपछि नवनिर्मित कार्यालय भवन तथा व्यारेक भवनहरुको समुद्घाटन कार्यक्रममा बताएका हुन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक थापाले प्रहरीले प्रदान गर्दै आएको सुरक्षा, अपराध र अनुसन्धान नियन्त्रणका क्षेत्रमा सेवा प्रबाह थप प्रभावकारी बनाउँदै लैजाने वताए ।
उनले आम नागरिकहरुको माया र विश्वास पाउने नेपाल प्रहरी मात्रै भएकाले प्रहरीले पनि त्यहिँ अनुसार नागरिकहरुको सेवामा खटिनु पर्ने बताए । नागरिकहरुको सुरक्षामा २४ घण्टा खटिने प्रहरीलाई यस्ता नयाँ भवनले उनीहरुमा थप उर्जा मिल्ने भन्दै नागरिकले प्रहरीलाई गर्नुभएको सहयोेगवाट ठूलाठूला अपराधिक घटनाहरु सहजै पत्ता लगाउँन सहजता मिलेकाले प्रहरी नागरिकहरु प्रति सधै ऋणी भएको पनि महानिरीक्षक थापाले बताए ।


कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जति धेरै सुरक्षा निकाय बलियो र मजवुद हुन्छ त्यहिँ अनुसार मुलुक पनि बलियो हुने भन्दै सुरक्षा निकायका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु निमार्ण गर्न मन्थली नगरपालिका सधै सकारात्मक रहेको बताए । उनले भने– सुरक्षा निकायलाई समस्या परेको बखत मन्थली नगरपालिका सधै सहयोग गर्न कटिबद्ध रहेको छ ।
त्यसैगरी सोही कार्यक्रममा रामेछापका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जिल्ला प्रहरी कार्यालय रामेछापमा निमार्ण भएको नवर्निमित भवनले प्रहरीमा काम गर्ने थप उर्जा मिलेको बताए । उनले जिल्लाका विभिन्न प्रहरी चौकीहरुको अवस्था दयनिय भएकाले त्यसतर्फ पनि ध्यान दिन र आगामी वर्ष भवन निमार्णको प्रक्रिया अघि वढाउन आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालयको परिसर भित्र रहेको २० रोपनी २ आना १ पैसा जग्गामा निमार्ण भएको २४ कोठे सुविधा सम्पन्न भवनको निमार्ण कार्य सम्पन्न भएसँगै उक्त भवन उद्घाटन भएको हो । भवन निमार्णको लागि प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयको ७ करोड ७६ लाख ६२ हजार ३ सय २४ रुपैयाँको लागत अनुमानित रकम भनेता पनि ६ करोड ५८ लाख ४१ हजार ४ सय ४ रुपैयाँ २१ पैसामा २०७७ पुस १ गते भवन निमार्णको काम सम्पन्न गर्ने गरि सुनकोशी कन्ट्रक्सन प्रालि काठमाण्डौले कामको जिम्मेवारी पाएको थियो ।
नवर्निमित सुविधा सम्पन्न साढे दुईतले भवनमा चारवटा हिरासत कक्ष, अन्वेशन योजना शाखा, उजुरी छानविन शाखा, कार्यविशेष अपराध अनुसन्धान शाखा, महिला तथा बालबालिका जेष्ठ नागरिक सेवा केन्द्र, सिसी टिभी कन्ट्रोल कक्ष, कर्मचारी सामान्य प्रशासन शाखा, गार्डरुम रहेका छन् । त्यस्तै कार्यालय प्रमुख कक्ष संञ्चार शाखा, सबुत संकलन केन्द्र, आर्थिक प्रशासन शाखा लगाएतका शाखाहरु रहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...