अपर तामाकोशीको हकप्रद शेयर खुल्ला

Written by meropradesh creator

२७ भाद्र २०८०, बुधबार

रामेछाप । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले (भदौ १८ गते) देखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत अर्थात् १०० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो ।

माथिल्लो तामाकोसी शेयर खरिद गरेका कम्पनी तथा दोलखाली सहित सबै सर्वसाधारणका लागि हकप्रद शेयर खुल्ला गरिएको हो । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणमा लगानी गरेका जिल्लाका नागरिकहरूले पुनः सोही कम्पनीको हकप्रद शेयर भर्ने अवसर पाएका छन् ।

लगानीकर्ताहरूले असोज ७ गते सम्म हकप्रद शेयर भर्न पाउनेछन् । कम्पनीले दोस्रो चरणमा निर्माण लक्ष्य लिएको रोल्वालिङ खोला जलविद्युत आयोजनाका लागि माथिल्लो तामाकोसी शेयर लगानी गरेका साबिककै लगानीकर्ताहरूबाट १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयरको माध्यमबाट रकम सङ्कलन गरी वित्तीय व्यवस्थापन गर्न लागेको जनाएको छ ।

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले दोलखामा रहेको २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गर्न कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद विक्री गर्न खोजेको हो । कम्पनीको हाल कायम चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको छ । सोही बराबरको प्रति शेयर रकम १०० अङ्कित दरले १० करोड ५९ लाख कित्ता साधारण शेयरको हकप्रद बिक्री खुला गरिएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह–बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले माथिल्लो तामाकोसी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैङ्क, प्रभु बैङ्क, सिटिजन्स बैङ्क, सिन्धु विकास बैङ्क, कृषि विकास बैङ्क, नेपाल बैङ्क, महालक्ष्मी विकास बैङ्क, कुमारी बैङ्क, सिद्धार्थ बैङ्क, हिमालयन बैङ्क, प्राइम कमर्सियल बैङ्क तथा सानिमा बैङ्कका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताहरूको सहजताका लागि जिल्लास्थित पालिकाहरूमा स्थानीयस्तरबाटै हकप्रद शेयर भर्ने, डिम्याट खाता खोल्ने र शेयर अभौतिकीकरण गर्ने व्यवस्था गरिएको छ । त्यसैले जिल्लाका नागरिकहरूले तोकिएको अवधिमा सम्बन्धित वडामा गएर आवेदन गर्न सक्नेछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

रामेछाप – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रामेछाप जिल्लाबाट रामचन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामो समय संगठनात्मक नेतृत्वमा सक्रिय खड्कालाई जिम्मेवारी दिइएको हो ।...

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...