अपाङ्ग महासंघ बागमति प्रदेश द्धारा सेफ हाउस संचालकलाई अभिमुखीकरण

२८ फाल्गुन २०८०, सोमबार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको आयोजनामा हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सोमबार समापन गरेको छ । बागमती प्रदेश अन्र्तगत रामेछाप सिन्धुली दोलखा मकवानपुर काभ्रे सिन्धुपाल्चोक र चितवन समेत गरि ७ जिल्ला भित्रका विभिन्न पालिकाहरुका सेफहाउस संचालक तथा व्यवस्थापक र अपाङ्ग अगुवा हरु समेत ४० जना भन्दा वढिको कार्यक्रममा सहभागिता रहेको थियो।


आइतबार र सोमबार गरि दुई दिन सम्म आवासीय रुपमा चलेको उक्त कार्यशालामा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका सवाल र उनिहरुलाई राज्यले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार तथा पाउने सेवा सुविधाका बारेमा सामाजिक विकास मन्त्रालय बागमति प्रदेशका उप सचिव गोपाल कँडेलले सहजिकरण गर्नु भएको थियो ।


त्यसैगरि अपाङ्ग अधिकारकर्मि निर्मला अपाङ्गता भएका ब्यक्तिहरुको पारीवारीक अबस्था र दुर्दसा संगै सामाजिक सुरक्षा, र अपाङ्गताको परिभाषा र वर्गिकरण संगै उनिहरुले परिवार र समाजमा ब्यहोर्दै आएको कठिनाईका वारेमा सरोकारवाला सहजिकरण गर्नु भएको थियो । सो अवसरमा उहाँले जिल्ला र पलिकास्तरमा रहेका सेफ हाउसहरूको संचालन विधि तथा नीतिको बारेमा जानकारी गराउनु हुँदै त्यसका लागि स्थानीय र सरोकारवालाहरू लाई जिम्मेवार बनाउनु पर्ने धारणा राख्नु भएको थियो ।


कार्यशालाको उद्घाटन् मन्थली नगरपालिकाका नगर प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि लव श्रेष्ठले गर्नु भएको उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालको अध्यक्षतामा भएको उक्त कार्यशालामा रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने जिल्ला समन्वय समिति सिन्धुलीका उपाध्यक्ष शान्ता कार्की, मन्थली नगरपालिकाका उप प्रमुख ईश्वरी बस्नेत, रामेछाप नगरपालिकाका उप प्रमुख बाल कार्की, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतको सहभागिता रहेको ।
सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश, हेटौडा रामेछाप नगरपालिका र मन्थली नगरपालिका समेतको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...