रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको कर्कलादेवी ईङलिस बेडिङ स्कुल (केब्स स्कुल ) अन्तर्राष्ट्रिय अर्वाड बाट सम्मानित भएको छ । एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड, सिङ्गापुर २०२३ मार्फत केब्स स्कुल मन्थलीले इनोभेटिभ स्कुल अवार्ड प्राप्त गर्न सफल भएको हो ।
केब्स स्कुलले शैक्षिक गुणस्तर कायम गर्दै शिक्षामा सफलतापूर्वक नयाँ अभ्यास र प्रयोग गरेकोमा सो अवार्ड प्रदान गरिएको हो । शिक्षा क्षेत्रको विकासमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरूप सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
एक्जिटोले ५ सय वटा संस्थागत स्कुलको सर्वेक्षण गरी ती मध्येबाट विभिन्न विधामा ३३ वटा सर्वोत्कृष्ट स्कुल छनोट गरी विभिन्न अवार्ड प्रदान गरेको हो । आयोजकले विजेतालाई एक हप्ता सिंगापुर र मलेसियाका विभिन्न अन्तर्राष्ट्रिय स्कुल र विश्वविद्यालयको शैक्षिक अध्ययन भ्रमण र अनुभव आदानप्रदान समेत गराएको थियो ।
लिङ्कन विश्वविद्यालय मलेसियाकी कुलपति प्रोफेसर दातुक डाक्टर हज् बिबि फ्लोरिना अब्दुल्लाह र एक्जिटो इभेन्ट अस्ट्रेलियाका निर्देशक सचेत वीदीजनबाट केब्स स्कुलका सञ्चालक प्रिन्सिपल केशव तिम्सिना र सञ्चालक लेखापाल रेविका पोखरेलले अवार्ड ग्रहण गर्नुभएको थियो ।
मुख्य अवार्ड समारोह जुलाई १७ मा मलेसियाको स्विस गार्डेन इन्समा सम्पन्न भएको हो । अवार्ड प्राप्त गरेसँगै शिक्षा क्षेत्रको विकासमा अझै मेहनतका साथ लाग्न उत्प्रेरणा मिलेको विद्यालयका प्रिन्सिपल केशव तिम्सिनाले बताएका छन् ।
जिल्लामा उत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्दै शिक्षा क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर स्वरूप विद्यालयलाई उक्त अवार्ड प्राप्त भएको कुरा विद्यालयका प्रिन्सिपल केशव तिम्सिनाले सामाजिक सञ्जाल आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।
उनले यति ठुलो अन्तर्राष्ट्रिय अर्वाडका लागि विद्यालयलाई योग्य बनाउन योगदान, सहकार्य र सहयोग गर्नुहुने सम्पूर्ण पूर्व स्कुल सञ्चालकहरू, व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक÷कर्मचारीहरू, विद्यार्थीहरू, अभिभावकहरू, मन्थली नगरपालिका परिवार, विभिन्न शैक्षिक संस्थाहरू, प्याब्सन, पत्रकारहरू तथा सम्पूर्ण शुभचिन्तकहरू समेतलाई हार्दिक सम्मान सहित धन्यवाद समेत दिएका छन् ।