अन्तर्राष्ट्रिय अवार्ड बाट रामेछापको केब्स स्कुल सम्मानित 

Written by meropradesh creator

४ श्रावण २०८०, बिहीबार

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको कर्कलादेवी ईङलिस बेडिङ स्कुल (केब्स स्कुल ) अन्तर्राष्ट्रिय अर्वाड बाट सम्मानित भएको छ । एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड, सिङ्गापुर २०२३ मार्फत केब्स स्कुल मन्थलीले इनोभेटिभ स्कुल अवार्ड प्राप्त गर्न सफल भएको हो ।
केब्स स्कुलले शैक्षिक गुणस्तर कायम गर्दै शिक्षामा सफलतापूर्वक नयाँ अभ्यास र प्रयोग गरेकोमा सो अवार्ड प्रदान गरिएको हो । शिक्षा क्षेत्रको विकासमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरूप सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
एक्जिटोले ५ सय वटा संस्थागत स्कुलको सर्वेक्षण गरी ती मध्येबाट विभिन्न विधामा ३३ वटा सर्वोत्कृष्ट स्कुल छनोट गरी विभिन्न अवार्ड प्रदान गरेको हो । आयोजकले विजेतालाई एक हप्ता सिंगापुर र मलेसियाका विभिन्न अन्तर्राष्ट्रिय स्कुल र विश्वविद्यालयको शैक्षिक अध्ययन भ्रमण र अनुभव आदानप्रदान समेत गराएको थियो ।
लिङ्कन विश्वविद्यालय मलेसियाकी कुलपति प्रोफेसर दातुक डाक्टर हज् बिबि फ्लोरिना अब्दुल्लाह र एक्जिटो इभेन्ट अस्ट्रेलियाका निर्देशक सचेत वीदीजनबाट केब्स स्कुलका सञ्चालक प्रिन्सिपल केशव तिम्सिना र सञ्चालक लेखापाल रेविका पोखरेलले अवार्ड ग्रहण गर्नुभएको थियो ।
मुख्य अवार्ड समारोह जुलाई १७ मा मलेसियाको स्विस गार्डेन इन्समा सम्पन्न भएको हो । अवार्ड  प्राप्त गरेसँगै शिक्षा क्षेत्रको विकासमा अझै मेहनतका साथ लाग्न उत्प्रेरणा मिलेको विद्यालयका प्रिन्सिपल केशव तिम्सिनाले बताएका छन् ।
 जिल्लामा उत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्दै शिक्षा क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर स्वरूप  विद्यालयलाई  उक्त अवार्ड प्राप्त भएको कुरा विद्यालयका प्रिन्सिपल केशव तिम्सिनाले सामाजिक सञ्जाल आफ्नो फेसबुक  मार्फत जानकारी गराउनु भएको छ ।
उनले यति ठुलो अन्तर्राष्ट्रिय अर्वाडका लागि विद्यालयलाई  योग्य बनाउन योगदान, सहकार्य र सहयोग गर्नुहुने सम्पूर्ण पूर्व स्कुल सञ्चालकहरू, व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक÷कर्मचारीहरू, विद्यार्थीहरू, अभिभावकहरू, मन्थली नगरपालिका परिवार, विभिन्न शैक्षिक संस्थाहरू, प्याब्सन, पत्रकारहरू तथा सम्पूर्ण शुभचिन्तकहरू समेतलाई हार्दिक सम्मान सहित धन्यवाद समेत  दिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...