अन्तर्क्रिया कार्यक्रम सहित प्रेस युनियन रामेछापले स्थापना दिवस मनायो

१३ जेष्ठ २०८१, आईतवार

मन्थली । नेपाल प्रेस युनियन रामेछापले आफ्नो ३३ औँ स्थापना दिवस वर्तमान अवस्थामा मिडियाको भूमिका र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सहित भव्यरुपमा मनाएको छ । अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरूले सञ्चार क्षेत्रको अवस्था नाजुक हुँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्  ।

प्रेस युनियन रामेछापका जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षता भएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का (कार्की) लोकतन्त्रको पहरेदार पत्रकारहरूले सधैँ देश र नागरिकको पक्षमा वकालत गर्नु पर्ने बताए ।  समन्वय प्रमुख कार्कीले सबै खाले मिडियाले सत्य तत्थ्य समाचाहरु बाहिर ल्याउनु पर्ने र व्यक्तिगत इश्र्या साधेर गलत समाचारहरू प्रकाशन र प्रसारण गर्न नहुने भन्दै त्यसो नगर्न समेत आग्रह गरे । कार्यक्रमका विशिष्ट अतिथि लेख बहादुर कार्कीले सञ्चार क्षेत्र सेवा प्रदायक हरूको पहरेदार भएकोले राज्य र उनीहरूका संरचनाहरूले गर्ने कामका बारेमा नियमित रूपमा खबरदारी गरिरहनुपर्ने बताए ।

सो अवसरमा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले लोकतन्त्र प्राप्तिका लागि मिडियाले खेलेको भूमिकाको प्रशंसा गर्दै सबै सञ्चार माध्यमहरू मिलेर पालिका हरूमा कार्यक्रम लिएर आउने हो भने त्यस्ता खालका कार्यक्रमहरू दिन कुनै समस्या नहुने बताए । कार्यक्रमका असरमा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँ घरे, पूर्व अध्यक्ष हिमाल ढुङ्गेल ,फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल प्रेस युनियन रामेछापका निवर्तमान अध्यक्ष अप्रिल अधिकारी, ट्रेड युनियन काँग्रेसका सचिव मोतीलाल लामा, प्रेस चौतारी नेपाल वाग्मती प्रदेशका सदस्य लेख बहादुर बिक, प्रेस युनियनकी निरु थापा लगायतले लोकतन्त्र प्राप्तिका लागि सञ्चार माध्यमहरूले खेलको भूमिका को चर्चा गर्दै वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका र चुनौतीका बारेमा समेत आ आफ्ना धारणा राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...