अन्तरजातीय विवाह गर्ने २५ जोडीलाई मालिका गाउँपालिकाको सम्मान

२२ असार २०८३, सोमबार

म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाको लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट केन्द्र दरवाङमा आयोजित एक समारोहका बीच उनीहरूलाई प्रतिजोडी तीन हजार ५०० रुपियाँ नगदसहित सम्मान गरिएको हो ।

समाजमा अझै पनि कायम रहेको जातीय विभेद र अदृश्य हिंसाको अन्त्य गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ । पालिकाका सातवटै वडाबाट ज्येष्ठ नागरिकदेखि युवा अवस्थाका अन्तरजातीय विवाहित जोडीहरूलाई गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाललगायतका जनप्रतिनिधि र कर्मचारीहरूले सम्मान गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष गर्बुजाले समाजमा रहेको जातीय विभेदको पर्खाल भत्काउन र अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न यो कार्यक्रम कोशढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालको अधिवेशन सम्पन्न, गौतमको नेतृत्वमा नयाँ समिति चयन

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालको अधिवेशन सम्पन्न, गौतमको नेतृत्वमा नयाँ समिति चयन

काठमाडौं । रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीम खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति कृष्णहरी बुढाथोकीले गरेका थिए।...

काँग्रेसभित्र एकता र संगठन बलियो बनाउन केन्द्रीय सदस्य मिजारको जोड

काँग्रेसभित्र एकता र संगठन बलियो बनाउन केन्द्रीय सदस्य मिजारको जोड

रामेछाप २१   – नेपाली काँग्रेसकी केन्द्रीय प्रतिनिधि सीता मिजारले पार्टीको संगठनलाई जनतासँग अझ नजिक, चलायमान र बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो। नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको पूर्ण बैठकलाई सम्बोधन...

सामुदायिक विद्यालयलाई मोबाइल र सिम कार्ड वितरण

सामुदायिक विद्यालयलाई मोबाइल र सिम कार्ड वितरण

विद्यालय र अभिभावकबीचको सम्पर्कलाई थप प्रभावकारी बनाउन उमाकुण्ड गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई मोबाइल सेट र सिम कार्ड वितरण गरेको छ। विद्यार्थीको शैक्षिक प्रगति, उपस्थिति र विद्यालयका गतिविधिबारे अभिभावकलाई समयमै जानकारी गराई समन्वय बढाउने...