अनसन तोड्न यादव द्वारा अस्वीकार माग पुरा नभए मूल ढोकामै मर्ने चेतावनी  

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले अनसनरत बिनु यादवलाई अनसन तोड्न गरेको अनुरोध अस्वीकार गरेको छ । यादवले आफ्नो श्रीमान् प्रदीप कठायतको घरमा बस्ने व्यवस्था मिलाई दिन माग गर्दै आइतबार दिउँसो देखि अनसन बस्दै आएकी छिन् ।

 जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेटको खुल्ला आकाश मुनी सडकमा आमरण अनसन सुरु गरेकी बिनु यादवले प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले मङ्गलवार दिनभर गरेको प्रयासलाई  अस्वीकार गरेकी छिन् । 

 यादव अनसनमा बसेको विषयलाई लिएर सोमबार दिनभर गृह मन्त्रालय,राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकारी आयोगको समेत सम्पर्कमा रहेकी प्रजिअ निरौलाले अनसन तोडाउन जिल्लाका सञ्चार कर्मी र मानव अधिकारकर्मी सहित सर्व पक्ष बैठक समेत बोलाएर समाधानका उपाएका बारेमा पनि धारणा लिने प्रयास गरेकी थिइन् । 

प्रतिअले आइतबार जस्तै सोमबार दिउँसो पनि बिनु र प्रदीप दुवैलाई बोलाएर आफ्नै कार्यकक्षमा राखेर पटक पटक आग्रह गरेकी थिइन् । प्रतिअले गरेको भगीरथ प्रयत्नलाई  पनि बिनुले ठाडै इन्कार गरिन् । उनले आफूले प्रदीपको मन्थलीको घरमा बस्ने व्यवस्था नभए सम्म सहमतिमा नआउने अडान लिइन् भने प्रतिपले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा अर्को मुद्दा चली रहेकोले उनलाई मुद्दा किनारा नलागे सम्म घरमा लगेर राख्न नसकिने अडान लिए । यद्यपि कठायतले भने उच्च अदालत पाटनले गरेको आदेशको परिधि भित्र रहेर बिनुलाई दिनु पर्ने सुविधा दिन भने आफू तयार रहेको छलफलका क्रममा बताएका थिए । 

आइतबार दिउँसोभर भएको प्रयास पछि पनि बिनुले अनसन तोड्न अस्वीकार गरेपछि प्रतिअले समाधानको थप उपाएको बारेमा जिल्ला सुरक्षा समितिको बैठक पनि बोलाएकी थिइन । राष्ट्रिय महिला आयोगले बिनु र उनका श्रीमान् प्रदीप कठायत समेतलाई राखेर अनसन तोड्नका लागि समन्वय गरी दिन आग्रह गरेको थियो ।

 प्रजिअ निरौलाले बिनुको माग र कानुनले प्राप्त अधिकारका आधारका विषयमा जिल्ला सुरक्षा समितिको बैठक पनि वोलाएकी थिइन् । गृह मन्त्रालय ,राष्ट्रिय महिला आयोग र मानव अधिकार आयोग समेतलाई बोधार्थ दिएर तयार पारेको  आठ बुँदे निर्णय प्रतिअले हस्तान्तरण गर्नासाथ बिनुले च्यातेर फाली दिएको प्रजिअ अनिता निरौलाले जानकारी दिइन्  । 

यादवले भने आफूले उच्च अदालत बाट मुद्दा जितेर श्रीमानको घरमा बस्न आउँदा समेत बस्न नपाएको भन्दै श्रीमानको घरमा बस्न पाउनु पर्ने श्रीमती र बुहारीले पाउनु पर्ने अधिकार आफूले पाउनु पर्ने माग राखेकी छिन् ।

बिनुको सुरक्षाका लागि अनसन स्थलमा  ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । सो अवसरमा प्रजिअ निरौलाले उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै  प्रजिअ निरौलाले उक्त लिखत  पढ्न नसक्ने भए पढेर सुनाउने भन्दै बिनुलाई कानुनको पाबन्दीलाई राम्ररी बुझिदिन पनि आग्रह गरिन् । चिसोमा अनसन बस्दा समस्या आउने भए पनि अहिले भने बिनुको स्वास्थ्य अवस्था भने सामन्त रहेको जानकारी चिकित्सकहरूको टोलीले गराएको  रामेछापका प्रहरी प्रमुख डिएसपी होम पराजुलीले जानकारी दिए । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...