अनलाइन फाराम प्रशासनले निःशुल्क गरिदिएसँगै नागरिकमा छायो खुशी

Written by meropradesh creator

२० मंसिर २०७९, मंगलवार

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले राहादानी लिन आउने सेवाग्राहीलाई सहज होस् भन्ने उद्धेश्यले निःशुल्क अनलाइन फाराम भर्ने सुविधा उपलव्ध गराएसँगै नागरिकमा खुशी छाएको छ ।

यो सुबिधा उपलव्ध गर्ने जिल्ला प्रशासन कार्यालयरामेछाप देशभरमा पहिलो हो । राहादानी अनलाइन फाराम र राष्ट्रिय परिचय पत्र फाराम भर्न कम्प्युटर इन्ष्टिच्युटमा जाँदा व्यसायीले मनलाग्दी शुल्क लिदा आफुहरु मारमा पर्दै आएका थिए । ढिलै भएपनि जिल्ला प्रशासन कार्यालयले राहादानी अनलाइन फाराम भर्न निःशुल्क गरेर रामेछापका नागरिकको मन जित्न सफल भएको मन्थली नगरपालिका–१ का डोर प्रसाद घिमिरेले जानकारी दिए । उनले भने– प्रशासनको यो कामले सिङ्गो रामेछापका नागरिकहरु खुशि छौं ।


सेवाग्राहीले राहादानी लिनु पुर्व अनलाइन फाराम अनिर्वाय भर्नुपर्ने बाध्यकारी नियम भएकाले उक्त फाराम भर्दा व्यवसायीहरुले सेवाग्राहीसँग मनलाग्दी रुपमा चर्को शुल्क लिदै आएका थिए । बढी शुल्क लिएको भन्ने जनगुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले कार्यालयमा अनलाइन फाराम भरिदिने व्यवस्था मिलाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयले अनलाइन फाराम भर्ने काम गरेको  थिएन ।

राहादानी लिन जाने सेवाग्राहीले बाहिर वजारमा रहेका कम्प्युटर इन्ष्टिच्चुटवाट राहादानी अनलाइन फाराम भरेर मात्रै सिफारिस लिन जिल्ला प्रशासन कार्यालय जाने गर्दथे । वजारमा रहेका कम्प्युटर इन्ष्टिच्युका संचालकहरुले सेवाग्राहीसँग ३ सय देखी १५ सय रुपैयाँसम्म रकम लिएको गुनासो सेवाग्राहीले गरेपछि जिल्ला प्रशासन कार्यालयले उक्त कार्यमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए ।

उनले भने– कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले यसअघि कसैले पनि कम्प्युटर इन्ष्टिच्युटले बढी रकम लिएको भन्ने गुनासो गरेका थिएनन । केही दिन अघि धेरै सेवाग्राहीले कम्प्युटर इन्ष्टिच्युटका संचालकबाट आफुहरु ठगिएको भन्दै गुनासो गरेपछि प्रशासनले व्यवासीले व्यवसाय दर्ता गर्दा राहादानी अनलाइन फाराम र राष्ट्रिय परिचय पत्र विवरण भर्न पाउने गरि व्यवसाय दर्ता नगरि नियम विपरित कार्य गरेको अनुगमनको क्रममा भेटिएकाले तत्काल उक्त कार्य रोकेका हौं । अब राहादानी लिन आउने सेवाग्राहीले सिधै जिल्ला प्रशासन कार्यालयमा आएर निःशुल्क फाराम भर्न मिल्ने व्यवस्था मिलाएका छौं, यो देशभरमा पहिलो हो प्रजिअ रेग्मीले बताए ।


प्रशासनमा नै निःशुल्क अनलाइन फाराम भर्ने नाममा व्यवसायीलाई मात्र हैन सेवाग्राहीलाई समेत मारमा पार्ने काम गरेको संयोग इन्ष्टिच्युट एण्ड रिर्सच सेन्टरका संचालक नवराज श्रेष्ठले जानकारी दिए । उनले भने–प्रशासनले नियमित काम गर्नै सक्दैन, केही दिनको लागि मात्रै हो । प्रशासनले गरेको कामले सेवाग्राहीले सहज हैन झनै दुःख पाएका छन् । अनलाइन फाराम भर्ने नाममा दिनभर लाइनमा वस्नु पर्ने वाध्यता एकातिर छ भने अर्कोतिर राजश्व भौचर आफैले भर्नुपर्ने हुँदा सेवाग्राहीलाई झनै समस्या भएको आरोप व्यवसायी श्रेष्ठले लगाए ।

जिल्ला प्रशासन कार्यालयमा मन्थली नगरपालिकाको सहयोगमा एउटा डेक्स स्थापना गरि त्यही डेस्कबाट राहादानी अनलाईन फाराम भरिदै आएको छ । तत्काल उमाकुण्ड गाउँपालिकासँग समन्वय गरि एकहप्ता भित्र अर्को डेस्क स्थापना गरि नागरिकलाई पालो कुर्नु पर्ने वाध्यतावाट मुक्ती दिने गरि गृह कार्य थालिएको पनि जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए ।

उनले भने– अनलाइन फाराम मात्रै हैन केही दिनभित्र राजश्व रकमको फर्म कार्यालयवाट नै भर्ने गरि व्यवस्थापन भइसकेको र उक्त कार्य सम्भवत आइतवारवाट शुरुवात गर्ने छौं । अनलाइन फाराम भर्दा राहादानी विभागको सरबरमा बढी लोड हुनपुग्दा कतिपय समय सेवाग्राहीले कुर्नुपर्ने वाध्यता रहेको छ । राहादानी विभागमा देशभरवाट अनलाइन डाटा इन्ट्रि गर्नुपर्दा बिहान ११ वजेदेखी दिउँसो ३ वजेसम्म डाटा स्लो चल्ने समस्या रहेकाले यसलाई तत्काल सुधार गर्न तालुके कार्यालयसँग समन्वय भइरहेको पनि सहायक प्रजिअ घिमिरेले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...