रामेछाप । नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछापको प्रथम अखिल महोत्सव तथा १३ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अनेरास्ववियु रामेछापको १३ औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत पुष्कर भट्टराई अध्यक्षमा निर्वाचित भएको छ ।
अधिवेशनले सर्वसम्मत रूपमा उपाध्यक्षमा क्रमशः निशान श्रेष्ठ, रिया मगर, गोपाल थोकर,सचिवमा युवराज सुनुवार, सह–सचिवमा क्रमशः मुकेश भण्डारी, किरण कार्की, सुशील थापा, कोषाध्यक्ष प्रकाश गौतम र कार्यालय सचिवमा विक्रम खड्का सर्वसम्मत निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरूमा अस्मिता कार्की, प्रतिभा श्रेष्ठ, मेनुका रोकाय,रिसिना अधिकारी,सलिना क्षेत्री,प्रतिभा खड्का,जनार्दन कार्की,जनसोना कार्की सर्वसम्मत निर्वाचित भएका हुन् ।