अनेमसंघकी केन्द्रीय सदस्य केसीद्धारा स्वास्थ्य सामाग्री बितरण

Written by meropradesh creator

२९ जेष्ठ २०७८, शनिबार

रामेछाप । कोरोना महामारीको दोश्रो लहरमा संक्रमित बिरामीहरुलाई लक्षित गरि अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य समिता केसीले आयुर्वेदीक स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरेकी छिन् ।
सदस्य केसीले कोरोना संक्रमित विरामीहरुको लागि  श्री ॐ त्रिकुटा गुरुधाम नेपाल द्धारा उत्पादित जडिबुटी औषधीहरु र कोरोना महामारीका कारण खाद्यान्न अभाव भएर चुल्हो बल्न समस्या भएका व्यक्तिहरुलाई खाद्यान्न सामाग्रीहरु सहयोग गरेकी हुन् । उनले  श्री ॐ त्रिकुटा गुरुधाम नेपाल द्धारा उत्पादित जडिबुटी औषधीहरु दिव्य कप्यामृत कवच, एकसय इन वन क्यिर, मास्क, लेसन र कस्मीस इनर्जी इनहलेर लगाएतका स्वास्थ्य सामाग्रीहरु बितरण गरेकी हुन ।


कोरोना महामारीकै बेला अनेमसंघकी केन्द्रिय सदस्य केसीले मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ, लिखुतामाकोशी गाउँपालिकाको वडा नं ६ खिम्ती, गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु र रामेछाप नगरपालिकाको वडा नं १ गोठगाउँ, वडा नं २ देउराली, वडा नं ३, साँघुटार र वडा नं ८ रामेछापमा आयुर्वेदीक स्वास्थ्य सामाग्री सम्वन्धीत वडाका वडा अध्यक्षहरुलाई हस्तान्तरण गरेको अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य समिता केसीले जानकारी दिइन ।
उनले भनिन्– दोश्रो लहरको कोरोनाका कारण जिल्लाका अधिकासं पालिकाहरुमा अहिले धेरै कोरोना संक्रमितका विरामीहरु भएकाले उनीहरुको स्वास्थ्य सुधारको लागि आयुर्वेदीक औषधीले काम गर्ने भएकाले बढी संक्रमितहरु भएको वडाहरुमा पुगेर औषधीहरु वितरण गरिएको हो । यसवाहेक आफु पुगेको गाउँमा आर्थिक अवस्था कमजोर भएका र कोरोनाकै कारण घरमा चुल्हो बल्न समस्या भएका केही व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत खर्चमा खाद्यान्न सामाग्रीहरु वितरण गरेको सदस्य केसीले बताइन ।
गाउँमा कोरोना संक्रमितका विरामीहरु बढिरहेकै बेला आयुर्वेदीक औषधी, मास्क लगाएतका सामाग्री प्रदान गरेर वडा कार्यालयलाई धेरै ठूलो गुण लगाएको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुका वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिए । उनले भने– वडा कार्यालयमा प्राप्त भएका जडिवुटी औषधीहरु र मास्क लगाएतका सामाग्रीहरु बढी संक्रमण भएको स्थानमा वितरण गरिने अध्यक्ष सुनुवारले वताए ।


त्यसैगरी केसीले कोरोना संक्रमणवाट पुरै गाउँनै शिल गरिएको रामेछाप नगरपालिका ८ लामागाउँमा संक्रमित सदस्यहरुका लागि स्वासथ्य सामाग्री प्रदान गरेकोमा धेरै खुशी लागेको रामेछाप नगरपालिका वडा नं ८ का वडा अध्यक्ष केदार कार्कीले जानकारी दिए । उनले भने– कोरोना महामारीको विषम परिस्थतीमा पनि गाउँमै आएर आयुर्वेदीक औषधी लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेकोमा धेरै खुशि लागेको बताए ।
त्यस्तै खाद्यान्नको अभाव झेल्दै आएका रामेछापका पत्रकार टंक गौतमलाई केसीले खाद्यान्न सामाग्री सहयोग गरेकी छिन् । यसवाहेक केसीले जिल्ला खेलकुद विकास समिति रामेछापका पदाधिकारीहरुलाई १ हजार थान मास्क समेत सहयोग गरेकी छिन् । केसी हाल जिल्ला खेलकुद विकास समिति रामेछापकी सदस्य समेत रहेकी छिन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज दिउँसो दुई बजे बस्दै छ । संसदीय दलको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ...

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

काठमाडौं । नक्कली कागजपत्र बनाउने कारखानामा प्रहरीले छापामार्दा तिन जना प्रक्राउ गरेका छन् । रसरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कागजपत्र नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन थापा गाउँपालिका–१...

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

हेटौँडा । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश खेलकुद अवार्ड २०८२ आयोजना गर्ने भएको छ । खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।बिहीबार हेटौडामा...