एजेन्सी, आफ्नै जन्म दिने आमाबुबाले दुई छोरीहरुलाई कारण भारतको उत्तरप्रदेशको चित्तौर जिल्लामा त्रिशूलले रोपेर मारेका छन् । शिक्षक पुरुषोत्तम नायक र उनकी श्रीमतीले आफ्ना दुई छोरीहरुको ज्यान लिएका हुन् । उनीहरुका दुई छोरीहरु अन्धविश्वासको शिकार बनेका हुन् । समाचार एजेन्सीहरूका अनुसार उनीहरूलाइ त्रिशूल हानेर मारिएको थियो । चित्तौर जिल्लाको मदनपल्ली पुलिसले ती अभिभावकलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ । मृतक साई दिव्याको सोशल मिडिया पोष्टहरू महत्त्वपूर्ण प्रमाणको रूपमा देखिएका छन् । साई दिव्याले आफ्नो मृत्यु हुनुभन्दा तीन दिनअघि सोशल मिडियामा लेखेकी थिइन्, ‘शिव आइपुगेको छ, काम सकियो ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान पछि साई दिव्याको व्यवहार गत एक हप्ताभन्दा पहिले अनौठो भएको जनाएको छ । प्रहरीका अनुसार सीसीटीभी फुटेज प्राप्त भएकोले त्यसै अनुसार केरकार गर्न थालीएको जनाएको छ ।
के थियो घटना ?
चित्तौर जिल्लाको ग्रामीण क्षेत्र मदनपल्लीमा बस्ने पुरुषोत्तम नायडू पेशाले सरकारी महिला डिग्री कलेजमा उप(प्रिन्सिपल हुन् । उनकी श्रीमती पद्मजा प्राचार्यको रूपमा पनि काम गर्छिन् र एक निजी शिक्षण संस्थाको रिपोर्टर पनि हुन् । उनीहरूका २७ र २२ वर्षका दुई छोरीहरू थिए, जसको नाम अलेख्या र साई दिव्या थियो । ठूली छोरी अलेख्याले भारतीय वन सेवा, भोपालको भारतीय व्यवस्थापनबाट स्नातकोत्तर गरेकी थिइन् भने कान्छी छोरी बीबीए पढ्दै थिइन् । उनी एआर रहमान म्युजिक एकेडेमीमा संगीत पनि पढ्दै थिइन् ।
गएको वर्ष अगस्टमा परिवार नयाँ घरमा सरेका थिए । स्थानीय व्यक्तिका अनुसार पुरुषोत्तम र पद्मजाको परिवारले धेरै संस्कारहरू गर्थे । यस मुद्दामा दर्ता गरिएको एफआईआर अनुसार परिवारले आइतबार रात केही परमपरा कार्यहरु गरेका थिए । त्यसपछि उनकी कान्छी छोरी साई दिव्यालाई कुख्यात त्रिशूल र जेठी छोरीलाई डम्बेलले छुरा प्रहार गरेर मारे । सूचनापछि प्रहरी घटनास्थलमा पुग्दा दुवै छोरीहरू मरिसकेका थिए । ती मध्ये कान्छी छोरीको लास मन्दिरमा भेटियो र जेठी छोरीको लास पहिलो तलामा फेला प¥यो । प्रहरीले दुबै अभिभावकलाई नियन्त्रणमा लिएको छ । भारतीय दण्ड संहिताको धारा ३०२ अन्तर्गत मुद्दा दर्ता गरेर उनीहरूमाथि थप अनुसन्धान सुरू गरेको जनाइएको छ । – बीबीसीको सहयोगमा
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...