रामेछाप । अनैतिक सम्बन्धका कारण उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ प्रीतिका २१ वर्षीय सागर कार्कीले ज्यान गुमाएका छन् । सोही स्थानका ३७ वर्षीय तोरणमाया सुनुवारको भने अवस्था गम्भीर रहेको छ । उनको जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौं पठाइएको छ । २१ वर्षीय कार्की र ३७ वर्षीय सुनुवार बिच लामो समय देखी अनैतिक सम्बन्ध चल्दै आएको थियो । उनीहरूको अनैतिक सम्बन्ध परिवारले थाहा पाएपछि सोमबार उनीहरूले विष सेवन गरी संगैं आत्महत्या गर्ने कोसिस गरेका हुन् ।

उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ का ३७ वर्षीय सुनुवार बच्चा बढाउन काठमाण्डौंमा बस्दै आएको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ शैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिएका छन् । वडा अध्यक्ष पौडेलका अनुसार उनका श्रीमान् युकेका आर्मी हुन् । श्रीमान् युकेमा बस्दै आएका थिए । केही दिन अघि सुनुवार काठमाण्डौं बाट सिधै माइत आइन र आमा सँग बसिन । शनिवार धान पनि रोपिन । घरमा र माइतमा कार्की सँगको अनैतिक सम्बन्धको विषयमा कुरा चल्यो । श्रीमानले पनि सो कुरा थाहा पाए । श्रीमानले विदेश बाट फोन गरेर गाली गरे । उक्त कुरा मृतक कार्कीले टिकटक आइडीमा सुनुवार सँगको सम्बन्धका विषयमा कुरा गरेपछि बढी हल्ला भएको थियो । मृतक कार्की डोजर अपरेटर हुन् । उनीहरूको सम्बन्धका विषयमा गाउँ घरमा हल्ला भएपछि आइतबार राती करिब १० बजे तिर घरबाट निस्केका थिए । बिहान ५ बजे लिखुतामाकोशी गाउँपालिका २ शैपुमा रहेको ढाँडे होटेलमा सुनुवारले टेलिफोन गरी होटेल खोल्न लगाए । उनीहरूले आफूहरू श्रीमान् श्रीमती भएको भन्दै होटेलमा रुम लिए र बसे । होटेल बाट ११ बजेतिर खाना खाएर लुगा कपडा किन्ने भन्दै बजार तिर गए । त्यहीँको उमेश भेटेनरीबाट आफूहरू श्रीमान् श्रीमती हो भनेर मकैमा किरा लागेकाले छर्किन भन्दै सिटासिट (विष) किने । दिन भर बजार घुमेछन् वडा अध्यक्ष पौडेलले भने ।
बजार घुमेर बेलुका ५ बजे तिर होटेल आए । रेडबुल र बियर लिएर कोठामा गए र खाए बेलुका उनीहरूले खाना खाएनन् । रातको करिब २÷३ बजे तिर महिला चिच्याएको आवाज आयो पछि होटेलवालाले आफूलाई फोन गरेको वडा अध्यक्ष पौडेलले जानकारी दिए । वडा अध्यक्ष पौडेलले भने आफूलाई करिब ३ बजे तिर फोन आएको बताए । उक्त कुरा जानकारी पाउन साथै प्रहरीलाई टेलिफोन गरी जानकारी गराउनका साथै गाडीको व्यवस्थापन गरी धोबी सम्म उनीहरूलाई ल्याएर पालीकाको एम्बुलेन्समा मन्थली पठाएको वडा अध्यक्षले जनकरी दिए । हाल पुरुष कार्कीलाई अस्पतालले मृतक घोषणा गरिसकेका छन् भने महिलालाई उपचारको लागी काठमाण्डौं पठाइएको छ ।