अनैतिक सम्बन्धका कारण विष सेवन गर्दा पुरुषको ज्यान गयो महिलाको अवस्था गम्भीर

२६ असार २०८१, मंगलवार

रामेछाप । अनैतिक सम्बन्धका कारण उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ प्रीतिका २१ वर्षीय सागर कार्कीले ज्यान गुमाएका छन् । सोही स्थानका ३७ वर्षीय तोरणमाया सुनुवारको भने अवस्था गम्भीर रहेको छ । उनको जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौं पठाइएको छ । २१ वर्षीय कार्की र ३७ वर्षीय सुनुवार बिच लामो समय देखी अनैतिक सम्बन्ध चल्दै आएको थियो । उनीहरूको अनैतिक सम्बन्ध परिवारले थाहा पाएपछि सोमबार उनीहरूले विष सेवन गरी संगैं आत्महत्या गर्ने कोसिस गरेका हुन् । 

उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ का ३७ वर्षीय सुनुवार बच्चा बढाउन काठमाण्डौंमा बस्दै आएको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ शैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिएका छन् । वडा अध्यक्ष पौडेलका अनुसार उनका श्रीमान् युकेका आर्मी हुन् । श्रीमान् युकेमा बस्दै आएका थिए । केही दिन अघि सुनुवार काठमाण्डौं बाट सिधै माइत आइन र आमा सँग बसिन । शनिवार धान पनि रोपिन । घरमा र माइतमा कार्की सँगको अनैतिक सम्बन्धको विषयमा कुरा चल्यो । श्रीमानले पनि सो कुरा थाहा पाए । श्रीमानले विदेश बाट फोन गरेर गाली गरे । उक्त कुरा मृतक कार्कीले टिकटक आइडीमा सुनुवार सँगको सम्बन्धका विषयमा कुरा गरेपछि बढी हल्ला भएको थियो । मृतक कार्की डोजर अपरेटर हुन् । उनीहरूको सम्बन्धका विषयमा गाउँ घरमा हल्ला भएपछि आइतबार राती करिब १० बजे तिर घरबाट निस्केका थिए । बिहान ५ बजे लिखुतामाकोशी गाउँपालिका २ शैपुमा रहेको ढाँडे होटेलमा सुनुवारले टेलिफोन गरी होटेल खोल्न लगाए । उनीहरूले आफूहरू श्रीमान् श्रीमती भएको भन्दै होटेलमा रुम लिए र बसे । होटेल बाट ११ बजेतिर खाना खाएर लुगा कपडा किन्ने भन्दै बजार तिर गए । त्यहीँको उमेश भेटेनरीबाट आफूहरू श्रीमान् श्रीमती हो भनेर मकैमा किरा लागेकाले छर्किन भन्दै सिटासिट (विष) किने । दिन भर बजार घुमेछन् वडा अध्यक्ष पौडेलले भने ।

बजार घुमेर बेलुका ५ बजे तिर होटेल आए । रेडबुल र बियर लिएर कोठामा गए र खाए बेलुका उनीहरूले खाना खाएनन् । रातको करिब २÷३ बजे तिर महिला चिच्याएको आवाज आयो पछि होटेलवालाले आफूलाई फोन गरेको वडा अध्यक्ष पौडेलले जानकारी दिए । वडा अध्यक्ष पौडेलले भने आफूलाई करिब ३ बजे तिर फोन आएको बताए । उक्त कुरा जानकारी पाउन साथै प्रहरीलाई टेलिफोन गरी जानकारी गराउनका साथै गाडीको व्यवस्थापन गरी धोबी सम्म उनीहरूलाई ल्याएर पालीकाको एम्बुलेन्समा मन्थली पठाएको वडा अध्यक्षले जनकरी दिए । हाल पुरुष कार्कीलाई अस्पतालले मृतक घोषणा गरिसकेका छन् भने महिलालाई उपचारको लागी काठमाण्डौं पठाइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...