काठमाण्डौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भए संगै उनले चुनावी भाषणको कार्यक्रम रोकेको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी केरिन जिन पियरेका अनुसार बाइडेनले कोभिड भ्याक्सिन र बुस्टर डोज लगाएका छन् ।
पियरेका अनुसार बाइडेनलाई यसअघि पनि दुई पटक कोभिड संक्रमण भइसकेको छ । बाइडेन स्वयंले पनि आफूलाई कोभिड संक्रमण भएको जानकारी एक्स ९ट्विटर० मार्फत दिएका छन् ।
बाइडेनमाथि डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति चुनावको रेसबाट बाहिरिन दबाब बढिरहेको बेला उनलाई कोभिड संक्रमण भएको हो । कोभिड संक्रमणपछि बाइडेनमाथिको यो दबाब अझ बढ्न सक्ने बीबीसीले जनाएको छ ।
बाइडेन बुधबार लस भेगासमा आफ्ना समर्थकहरूसँग थिए । त्यसबेला उनले उनीहरुसँग कुराकानी पनि गरेका थिए । तर, पछि उनले आफ्नो चुनावी भाषण रोकेका थिए ।