अल्पमतमा पर्दापर्दै बने पोखरेल प्रदेश प्रमुख

Written by meropradesh creator

२० बैशाख २०७८, सोमबार

बुटवल ।  लुम्बिनी  प्रदेशमा अल्पमतमा पर्दापर्दै शंकर पोखरेलले पुनःमुख्यमन्त्री बनेका छन् । पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका हुन ।
तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले आइतबार बिहान राजीनामा दिएका थिए । राजीनामा दिए लगतै प्रदेशसभाको विशेष अधिवेशन अन्त्यको सिफारिश मात्र गरेनन्, एमाले संसदीय दलको नेताको हैसियतमा आफ्नो नेतृत्वमा एकल बहुमतको सरकार गठनको पोखरेलले दाबी पेश गरे ।
८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रबाट निर्वाचित दुई र जनता समाजवादी पार्टीका चार प्रदेशसभा सदस्य पदमुक्त भएका थिए र हाल ८१ सदस्य बहाल रहेका थिए । पोखरेलले ४१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित संविधानको धारा १६८ (१) अनुसार सरकार गठनका लागि दाबी पेश गरेका थिए ।
तर साबिकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित विमला वलीले नेकपा एमाले त्याग गदै माओवादी केन्द्रमा प्रबेश गरिन । एमालेकै सांसद दृगनारायण पाण्डेले राजीनामा दिए भने सूर्य चुनाव चिन्ह लिएर जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहले पोखरेललाई साथ नदिने घोषणा गरे ।
लगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाका नेताहरुले प्रदेश प्रमुखलाई भेटेर एमालेको बहुमत नभएकाले पोखरेललाई मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरे । तर बहुमत सदस्यको हस्ताक्षर पेश भएको भन्दै मुख्यमन्त्री धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरे ।
लगत्तै ४२ सांसदको हस्ताक्षर सहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेश गरे । प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई संविाधन विपरित पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकाले शपथ रोक्न माग गर्दै विपक्षी सांसदहरुले धर्ना दिएका थिए ।
विपक्षी सांसदहरुको धर्नाका कारण आफू प्रदेश प्रमुखको कार्यालयमा जान समस्या भएपछि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई आफ्नो कार्यालयमा बोलाएर शपथ लिएका हुन् । प्रदेश प्रमुख आफ्नो कार्यालयबाट बाहिरिने क्रममा सुरक्षाकर्मीहरुले धर्नामा बसेका सांसदहरुमाथि बल प्रयोग गरेका थिए ।
अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको अनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो । तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए । त्यसयताका १२ घण्टामा लुम्बिनीको राजनीतिमा थुप्रै उतारचढाव आए र विवादै विवादमा पोखरेल पुनः मुख्यमन्त्री बनेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...