अख्तियारमा सबै भन्दा बढी खाँडादेवी र दोरम्बा शैलुङ्ग गाउँपालिकाको विरुद्ध उजुरी 

रामेछाप । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रामेछाप जिल्लामा रहेको स्थानीय तह मध्य सबै भन्दा बढी उजुरी खाँडादेवी गाउँपालिका र दोरम्बा शैलुङ्ग गाउँपालिका विरुद्ध परेको छ । रामेछाप जिल्लामा जम्मा परेको ३६ वटा उजुरी मध्य खाँडादेवी गाउँपालिका विरुद्ध  १२ र दोरम्बा शैलुङ्ग गाउँपालिका विरुद्ध ११ वटा रहेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी तुलसीराम पौडेलका अनुसार सबै भन्दा बढी खाँडादेवी गाउँपालिकामा १२ वटा उजुरीहरू परेका छन् । जसमध्ये अहिले सम्म दुई वटा उजुरी फर्छ्यौट भएका छन् । यस्तै दोरम्बा सैलुङ गाउँपालिकामा ११ वटा उजुरी परेकोमा ११ वटै फर्छ्यौट हुन बाकी छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा पाँच वटा उजुरी परेकोमा अहिलेसम्म एउटा मात्रै फर्छ्यौट भएको छ । रामेछाप नगरपालिकामा दुई वटा, उमाकुण्ड गाउँपालिकामा एउटा, गोकुलगंगा गाउँपालिकामा एउटा, सुनापति गाउँपालिकामा दुई वटा र लिखुतामाकोशी गाउँपालिकामा दुई वटा भ्रष्टाचार जन्य उजुरी परेकामा सबै उजुरीको फर्छ्यौट हुन बाकी रहेको जनाएको छ ।

शनिवार मन्थली नगरपालिकाको सहकार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा रामेछापमा परेको उजुरीको बारेमा जानकारी गराइएको हो । गत आर्थिक वर्ष २०८०÷०८१ मा जिम्मेवारी सरेर आएका केही लगायत चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन र भदौ महिनामा गरी ३६ वटा भ्रष्टाचार जन्य उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा परेका छन् । चालु आर्थिक वर्षको साउन, भदौ र गत वर्षको जिम्मेवारी सरेर आएका सहित रामेछापका आठ वटा स्थानीय तहमा गरी हालसम्म ३६ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी तुलसीराम पौडेलले बताउनु भयो । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...