ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नम्बर २ सिंहदेवीमा छिन् भरमा होमबहादुर तामाङ (गन्जा)को गोठ खाली भएको छ । अज्ञात रोगका कारण केही समयमा पालेको सबै चौपाया मरेका छन् ।
तामाङको बिहीबार दिउसो करिब १ बजे तिर ७ वटा खसी १ वटा बाख्रा र २ वटा भैँसी गरी १० वटा पशु चौपाया अचानक मरेका हुन् । तामाङको दुई लाख भन्दा बढी क्षति भएको लिखु गाउँपालिकाले जनाएको छ । लिखु गाउँपालिकाका प्रवक्ता मोहन कार्कीले भने– हामीले खबर प्राप्त गर्न साथ भेटनरीका डाक्टरहरू लिएर गयौँ । हामी त्यहाँ पुग्दा सबै मरेर सकेको अवस्था रहेछ । हामीले केही गर्न सकेनौँ छिन भरमा लाखौँको क्षति भयो । के कारण मृत्यु भयो त्यो भने पत्ता लागेको छैन । त्यस विषयमा गाउँपालिकाले अध्ययन गर्ने प्रवक्ता कार्कीले बताए ।