अध्यक्षले पुर्याए अशक्तलाई घरमै रातो कार्ड

Written by meropradesh creator

२ माघ २०७७, शुक्रबार

रामेछाप । लामो समयदेखी अपाङ्गता भई घरमै थलिएका रामेछाप नगरपालिका वडा नं–८ कालिआँपका पोष्टजङ्ग थापालाई सो वडाका वडा अध्यक्ष केदार कार्कीले घरमा लगेर अपाङ्गता परिचय पत्र प्रदान गरेका छन् ।
रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमनामा रहेको कालिआँपसम्म सडक निमार्ण भएता पनि नियमित रुपमा यातायातका साधनहरु संचालन हुँदैनन् । यातायातका साधनहरु संचालन नहुँदा त्यस गाउँका अपाङ्गता भएका व्यक्तिहरु वडा कार्यालयसम्म सेवा लिन जान नसक्ने देखेपछि अपाङ्ग भएका व्यक्तिहरुको घर–घरमै पुगेर वडा अध्यक्ष कार्कीले अपाङ्गता परिचय–पत्र बितरण गरेका हुन् ।
शारीरिक रुपमा अशक्त भई वडा कार्यालयसम्म पनि सेवा लिन आउँन नसक्नेहरुको हकमा घरघरमै पुगेर सेवा दिने आफ्नो योजना अनुसार सबै अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर अपाङ्गता परिचय–पत्र बितरण गरेको रामेछाप नगरपालिका वडा नं–८ का वडा अध्यक्ष केदार कार्कीले जानकारी दिए ।


उनले भने– वडा कार्यालयसम्म सडक निमार्ण भएता पनि नियमति रुपमा यातायातका साधनहरु संचालन नहुँदा अशक्त र अपाङ्गहरु वडा कार्यालयसम्म आएर सेवा लिन सक्दैनन् । त्यसैले आफ्नो कार्यकालमा सबै अपाङ्ग र अशक्तहरुको घर–घरमै पुगेर सेवा दिन शुरु गरेको हुँ । यसबाट धेरै अशक्तहरुले मलाई आर्शिबाद समेत दिनुभएको अध्यक्ष कार्कीले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

देशमा सुनिने र बोलिने सांसद बन्ने प्रवलको प्रतिबद्धता

देशमा सुनिने र बोलिने सांसद बन्ने प्रवलको प्रतिबद्धता

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार प्रवल थापाले देशमा सुनिने र बोलिने सांसद बन्ने प्रतिबद्धता जनाएका छन् ।आफ्नो निर्वाचन क्षत्रका मतदाताहरूसँगको संवादमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । आफूलाई...

एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ – उपसभापति शर्मा

एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ – उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति नजविश्वास बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल...

‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ सन्देशसहित चुनावी मैदानमा कांग्रेस

‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ सन्देशसहित चुनावी मैदानमा कांग्रेस

रामेछाप — नेपाली कांग्रेसले ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने मूल सन्देशसहित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी अभियानलाई औपचारिक र व्यवस्थित रूपमा अघि बढाएको छ। बदलिँदो समय, बदलिएका जनअपेक्षा र युवापुस्ताको चाहनालाई आत्मसात गर्दै कांग्रेसले यसपटक...