अध्यक्ष ताामाङले गरे एमाले पार्टी परित्याग

Written by meropradesh creator

११ बैशाख २०७९, आईतवार

रामेछाप । नेकपा एमालेका बागमति प्रदेशका सदस्य एबं खाँडादेवी गाउँपालीकाका अध्यक्ष प्रेम तामाङ्गले नेकपा एमाले पार्टी परित्याग गरी नेकपा समाजबादीमा समाहित भएका छन् । तामाङ्ग २०७४ सालकाे स्थानिय तह निर्वाचनमा नेकपा एमालेवाट पालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

अध्यक्ष तामाङले शनिवार आफनै निजि निवासमा उनले पत्रकार सम्मेलन गरि आजकै मिति देखि आफुले विधिबत रुपमा नेकपा एमाले पार्टिको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको बताए । पार्टी परित्याग घोषणा कार्यक्रममा सहभागी भएका पत्रकाहरुसँग उनले आफुले विगतको ३ दशक नेपालको कम्युनिष्ट आन्दोलनमा सहभागीता जनाएको, २८ बर्ष देखि अनबरत रुपमा एमाले पार्टीमा बसेर काम गर्दे आएको भएता पनि पछिल्लो समय एमाले पार्टीभित्र चरम ब्यक्तिबादी, स्वेच्छाचारी, गुटगत संर्किणता,स्वेच्छचारिता, सर्बसत्ताबादीसोच, अधिनायकबादी कार्यशैली र षडयन्त्रकारी आचरण बढ्दै गएपछि कार्यकर्तामा आएकोे विचलन बढ्दै जाँदा एमाले पार्टी छोड्ने कार्यकर्ताहरुको संख्या बढ्ने पनि उनले बताए ।

तामाङले पार्टी परित्यागको घोषणा कार्यक्रममा पे्रष विज्ञप्ती समेत निकालेका छन् । उनले बिगत ५ बर्ष पालीकाको अध्यक्ष रहँदा आफुले जिल्लामा मात्र नभएर प्रदेश अनि देशभरिका पालिकाहरु मध्ये खाँडादेवी गाउँपालिकालाई उल्लेखनिय र नमुना अनि शुसासनमुखि पालीकाको रुपमा स्थापित गराएको दावि समेत गरेका छन् । मेरो कार्यकालमा मैले गरेको जनमुखी कामबाट विपक्ष मात्र नभएर आफनै पार्टीका अग्रज भनाउँदा नेताहरु समेत अतालिएको आरोप पनि लगाएका छन् ।

मैले पालिकाको अध्यक्षमा रहँदा जनताको कामलाई प्रभाबकारी रुपमा काम गर्दै आएकोमा आफ्नै पार्टीभित्रका अग्रज नेता हुँ भन्दै दम्भ देखाएर हिड्नेहरुले रीस गर्ने र पटकपटक काममा तगारो बन्दै काम गर्न समस्या पार्दै आएको समेत अध्यक्ष तामाङले निकालेको बिज्ञप्तीमा उल्लेख छ । उनले पार्टी त्याग गरेको विषयलाई कसैलाई पदलोलुपता भन्ने नठान्न आग्रह पनि गरेका छन् ।

सो क्रममा उनले नेकपा एसबाट यहीँ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सहभागि हुने कुरा नबताए पनि एमालेले उक्त पालिकामा उनलाई टिकट नदिएपछि आसन्न निर्वाचनमा नेकपा एसबाट पालिकाको अध्यक्ष पदमा लड्नको लागि पार्टी छाडेको अनुमान सबैले गरेका  छन् । उनको पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्युरो सदस्य देबशंकर पौडेल नेताहरु होम बुढाथोकी, झम्क कडेल लगायतका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

नेता तामाङ सँगै नेकपा एमालेका खाँडादेवीका पार्टी सचिब मोतिलाला तामाड, जिल्ला सदस्य एबं खाँडादेवी गाउँपालीका वडा नं–७ का वडाअध्यक्ष असल सिह तामाड, वडा नं–७ का पार्टि सचिब धनराज तामाङ्ग, जिल्ला नेता शेरबहादुर तामाङ्ग लगायतले पनि एमालेको जिल्ला नेतृत्वको ब्यवहारलाई साँढे गोरुको संज्ञा दिंदै आजबाटै एमाले पार्टिको साधारण सदस्य समेत नरहने गरी पार्टी त्याग गरेको घोषणा गरेका   छन् । त्ययैसैगरि नेकपा एमाले बाट निर्वाचित लिखु तामाकोशी गाउँपालीका ५ का वडा सदस्य अम्बर बहादुर खड्काले पनि शनिवार नै नेकपा एमाले पार्टी परित्याग गरी नेकपा एसमा समाहित भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...