अध्यक्ष पदकालागी रामेछाप उद्योग वाणिज्य संघमा ३ जनाको उम्मेदवारी

Written by meropradesh creator

१९ फाल्गुन २०७९, शुक्रबार

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेको छ । संघको अध्यक्ष पदका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायतको संयुक्त व्यवसायी एवम समावेशी समुहको तर्फबाट नविन थापा मगरले उम्मेद्वारी दर्ता गराएका छन भने नेकपा एमालेको तर्फबाट  नवराज ढुङ्गेलले उम्मेद्वारी दर्ता गराएका छन । यो सँगै केशवप्रसाद घिमिरेले समेत स्वतन्त्र सम्मेद्वारी दर्ता गराएका छन् ।

  संयुक्त व्यवसायी एवम समावेशी समुहको तर्फबाट  उम्मेदवार बनेका थापामगर निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । उनले  संघको अन्य पदमा समेत रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन । एमालेका तर्फबाट उम्मेदवार बनेका ढुङ्गेल निवर्तमान महासचिव हुन् भने स्वतन्त्र उम्मेदवार बनेका घिमिरे निवर्तमान अध्यक्ष हुन ।

त्यस्तै संघको बरिष्ठ उपाध्यक्षका लागि प्रकाशकुमार श्रेष्ठ र सुमिका श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन । संघको वाणिज्य उपाध्यक्षमा राम सुदिश साह र रामहरी उप्रेती, उद्योग उपाध्यक्षमा आकाश रिजाल र चन्द्रबहादुर मानन्धर, महासचिवमा कुमार श्रेष्ठ र सुरेश उदास, सचिवमा यज्ञ सुवेदी र राजु थापा, कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी ९उत्तम० र सरोजकुमार तामाङले उम्मेद्वारी दर्ता गराएका छन ।

त्यस्तै संघको आजिवन सदस्यमा किश्वर पौडेल र प्रमोदकुमार श्रेष्ठ, महिला कार्य समिति सदस्यमा जया सुवेदी र लक्ष्मी श्रेष्ठ, सदस्यमा क्रमश अर्वीनकुमार श्रेष्ठ, कृष्ण गहतराज, देवचन्द्र कठेत, रविन्द श्रेष्ठ, राजु श्रेष्ठ ९विजय०, रुद्रकुमार श्रेष्ठ, वासुदेव फुयाल, श्यामकुमार श्रेष्ठ, सन्तोषदाश कथनीया र हरेराम क्षेत्रीले उम्मेद्वारी दर्ता गराएका छन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...