अध्यक्ष पदकालागी रामेछाप उद्योग वाणिज्य संघमा ३ जनाको उम्मेदवारी

Written by meropradesh creator

१९ फाल्गुन २०७९, शुक्रबार

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेको छ । संघको अध्यक्ष पदका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायतको संयुक्त व्यवसायी एवम समावेशी समुहको तर्फबाट नविन थापा मगरले उम्मेद्वारी दर्ता गराएका छन भने नेकपा एमालेको तर्फबाट  नवराज ढुङ्गेलले उम्मेद्वारी दर्ता गराएका छन । यो सँगै केशवप्रसाद घिमिरेले समेत स्वतन्त्र सम्मेद्वारी दर्ता गराएका छन् ।

  संयुक्त व्यवसायी एवम समावेशी समुहको तर्फबाट  उम्मेदवार बनेका थापामगर निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । उनले  संघको अन्य पदमा समेत रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन । एमालेका तर्फबाट उम्मेदवार बनेका ढुङ्गेल निवर्तमान महासचिव हुन् भने स्वतन्त्र उम्मेदवार बनेका घिमिरे निवर्तमान अध्यक्ष हुन ।

त्यस्तै संघको बरिष्ठ उपाध्यक्षका लागि प्रकाशकुमार श्रेष्ठ र सुमिका श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन । संघको वाणिज्य उपाध्यक्षमा राम सुदिश साह र रामहरी उप्रेती, उद्योग उपाध्यक्षमा आकाश रिजाल र चन्द्रबहादुर मानन्धर, महासचिवमा कुमार श्रेष्ठ र सुरेश उदास, सचिवमा यज्ञ सुवेदी र राजु थापा, कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी ९उत्तम० र सरोजकुमार तामाङले उम्मेद्वारी दर्ता गराएका छन ।

त्यस्तै संघको आजिवन सदस्यमा किश्वर पौडेल र प्रमोदकुमार श्रेष्ठ, महिला कार्य समिति सदस्यमा जया सुवेदी र लक्ष्मी श्रेष्ठ, सदस्यमा क्रमश अर्वीनकुमार श्रेष्ठ, कृष्ण गहतराज, देवचन्द्र कठेत, रविन्द श्रेष्ठ, राजु श्रेष्ठ ९विजय०, रुद्रकुमार श्रेष्ठ, वासुदेव फुयाल, श्यामकुमार श्रेष्ठ, सन्तोषदाश कथनीया र हरेराम क्षेत्रीले उम्मेद्वारी दर्ता गराएका छन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...