अध्यक्ष महतको सक्रियतामा धोवी बजार एक महिनामा हिलो मुक्त

Written by meropradesh creator

१ श्रावण २०७९, आईतवार

लक्षुमण खड्का

रामेछाप । लिखुतामाकोशी गाउँपालिकामा रहेको धोवी बजार बर्षौ देखी हिलो र धुलोले अस्त ब्यस्त रहेको थियो । २०७४ सालमा संघियता पछी पहिलो पटक स्थानिय तहको निर्वाचन भयो । स्थानिय तहको निर्वाचन पछी नयाँ जनप्रतिनिधीहरु आए । जनप्रतिनिधी आए संगै धुलो र हिलोले कस्टकर जिन्दगी बिताएका नागरिकले धुलो र हिलो बाट मुक्ति पाउने ठुलो अपेक्षा गरेका थिए । तर त्यसो हुन सकेन ।

बजार झन अस्त ब्यस्त बन्दै गयो । बजार मात्र हैन सदरमुकाम मन्थली बाट धोवी बजार निस्कन समेत धौ धौ भयो । नयाँ जनप्रतिनिधी आए संगै अन्य गाउँपालिका केन्द्र र सो केन्द्र जाने सडकहरुमा कालो पत्र धमाधम बन्दै गए तर लिखु तामाकोशी गाउँपालिकाको केन्द्र जाने बाटो झन झन अस्त ब्यस्त बन्दै गयो । जनप्रतिनिधीहरु एकले अर्कालाई दोष देखाउदै गए । एक आपसमा लड्दै गए । तर बजार क्षेत्र सुधार हुन त कता कता झन अस्त ब्यस्त बन्यो । ५ बर्ष बित्यो केहि भएन ।

२०७९ साल बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फ बाट केशब महत निर्वाचित भएर आएको एक महिना भित्र बजार बासीमा खुशि छाएको स्थानियको भनाई छ । स्थानिय दामोदर खड्काले भने अहिले बर्षौ देखी धुलो र हिलोले अस्त ब्यस्त रहेको बजार धुलो र हिलो मुक्त भएको छ । अध्यक्ष ज्युले सबै भन्दा पहिले पालिका केन्द्र आउने सडकहरु र बजार क्षेत्रको सुधार गर्न पर्छ भनेर काम अगुवाई गर्नु भो सोहि अनुसार सबैको साथ मिल्यो अहिले सबै वडा र सदरमुकाम बाट गाउँपालिका केन्द्र आउ जाउ गर्न सहज हुनका साथै बजार क्षेत्र पनी धुलो हिलो मुक्त भएको छ ।

निर्वाचित भएर आएको एक महिनामा महतले बजार यरियामा सडक ग्रावेल गरेर बजार क्षेत्र धुलो र हिलो मुक्त बनाएका छन् । महतले बजार क्षेत्र मात्र हैन् । हलिदेबेसी बाट धोवी बजार सम्म सडक मर्मत गरेर सकेका छन् ।

अध्यक्ष महतले भने मैले स्थानिय सरकार भएको महशुस गराउँछु भनेको थिए । सकेसम्म स्थानिय सरकार भएको महशुस दिलाउने कोषिश गरेको छु । सबै नागरिको भावना अनुसार नागरिको सुबिधामा ध्यान दिएर काम गर्ने कोशिष गरेको छु । मैले मात्र गरेर हुदैन स्थानिय नागरिक , कर्मचारी र अन्य जनप्रतिनिधिहरुको पनी साथ सहयोग चाहिन्छ । स्थानिय नागरिक, कर्मचारी र अन्य जनप्रतिनिधी साथीहरुको साथ भएन भने म एक्लैले केहि गर्न सक्दिीन सबैले सहयोग गरे लिखुतामाकोशी गाउँपालिकालाई देशकै नमुना र उत्कृष्ट गाउँपालिका बनाउन सकिन्छ अध्यक्ष महतले भने ।

 

गाउँपालिकाकै पहिचान झल्कने सडकको स्तरोन्नतिको काम सुरु भइसकेकाले आउँदो आर्थिक वर्ष २०७९/०८० मा पिच गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष महतले बताए । वर्षा याममा हिलो र हिउँद याममा धुलैधुलो हुने धोवी बजार क्षेत्रलाई मात्रै नभएर हल्दे–धोवी–सिरिशे सडकलाई स्तरोन्नति सहित आवश्यक ठाउँहरुमा पिच गर्ने गरी काम अगाडि बढाइएको अध्यक्ष महतको भनाई रहेको छ । पुर्वाधार सँगै नागरिकको माग अनुसार अन्य विकास हुँदै जाने अध्यक्ष महतले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...