मन्थली–रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) लाई मातृ शोक परेको छ । उनकी ८२ वर्षीया आमा पदम कुमारी खड्काको बुधबार निधन भएको हो । दमकी रोगी पदम कुमारीको केएमसी अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको थियो । तर बुधबार गाउँ लगिएपछि घरमै उनको निधन भएको परिवारले जानकारी दिएका छन् । पदम कुमारीको अध्यक्ष खड्का सहित ७ छोरा र ४ छोरी रहेका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









