अधिकृत पौडेल बिरुद्ध अख्तियारमा पाँच उजुरी दर्ता

Written by meropradesh creator

१७ भाद्र २०७९, शुक्रबार

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार र सम्पति सुद्धिकरण अनुसन्धान विभागमा एक गरी पाँच वटा उजुरी दर्ता भएका छन् ।

अधिकृत पौडेलले मन्थली नगरपालिकामा रहेर विभिन्न योजनाको नाममा करोडौ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आयोगमा सी–००२७४३ र अन्य तीनवटा गरी चारवटा उजुरी पौडेल बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन् । जसमा अख्तियार अनुसन्धान आयोग टंगाल काठमाण्डौंमा तीन, अख्यिार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा एक र सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा एक गरी पाँचवटा उजुरी दर्ता भएको छ ।

मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेल बिगत २ वर्षदेखी मन्थली नगरपालिकामा कार्यरत छन् । उनले नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत पदमा बसेदेखी हालसम्म पालिका भित्र निमार्णाधिन सडक, भवन, मन्दीर लगाएतका विकास निमार्णमा उपभोक्ता समिति र निमार्ण व्यवसायी मार्फत लाखौं रुपैयाँ कमिशन लिने गरेको आरोप उजुरी कर्ताको रहेको छ ।

त्यसैगरी अधिकृत पौडेलले कार्यालयको गाडी मर्मत र इन्धनमा नक्कली फर्जी बिल बनाई लाखौं रकम भ्रष्टाचार गर्ने गरेको साथै कार्यालयमा आवश्यक नै नभएको फर्निचर र स्टेशनरी सामाग्री बजार मूल्य भन्दा बढी मूल्यमा खरिद गरेको बिल राखी भुक्तानी गरेर व्यवसायीसँग रकम असुल्ने गरेको आरोप पनि उनीमाथि रहेको छ ।

त्यस्तै अधिकृत पौडेलले नगरसभावाट पारित नै नगराई योजनाहरु उपभोक्ता समिति र निमार्ण व्यवसायीलाई दिएर लाखौं रकम कमिशन लिने गरेको, अतिथि सत्कारको नाममा लाखौं रकम नियम विपरित कार्यालयवाट लिई भ्रष्टाचार गरेको आरोप छ । यसैगरी आ.व.०७७÷०७८ मा वडा स्तरमा दिने योजनाहरु वडाले उपभोक्ता समिति गठन नै नगरी वडाको सिफारिस बिना आफ्नो खुशिले रकम वितरण गर्दै किर्ते कागजात निमार्ण गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप पनि उनी माथि लागेको छ ।

त्यस्तै मन्थली अस्पतालमा आवश्यक उपकरण र औषधी खरिद गर्दा राष्ट्रिय दैनिक पत्रिकामा सूचना नै ननिकाली कोटेशनमा खरिद गरी लाखौं रुपैयाँ भ्रष्टाचार गरेको, आ.व.०७८÷७९ मा पालिका भित्र रहेका विभिन्न फाँटहरुको रकम रकमान्तर गरी भ्रष्टाचार गरेको भन्दै उजुरीकर्ताले अख्तियारमा उजुरी दर्ता गराएका हुन ।

यस्तै प्रशासकिय अधिकृत पौडेलले मन्थली माध्यमिक विद्यालयसँग साठगाठ गरी कक्षा १० सम्म अध्ययनरत विद्यार्थीबाट मासिक शुल्क असुल्ने गरेको, विद्यालयको भवन निमार्ण गर्दा टेण्डर प्रक्रिया नै नगरी उपभोक्ता समिति मार्फत काम गराएर लाखौं रुपैयाँ असुल्ने गरेको, आफ्नै कर्मचारीलाई वर्षैपिच्छे कृषि अनुदान रकम दिएर अनियमितता गरी राज्यको ढुकुटीलाई दुरुपयोग गर्दै गैरकानुनी रुपमा अकुत सम्पति कमाएको उजुरीकर्ताको दावी छ ।

अधिकृत पौडेलले आर्थिक अनियमितता गरेको भन्दै परेको उजुरीको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला प्रशासन कार्यालय रामेछापलाई पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए । उनले भने– अख्तियारवाट पत्र प्राप्त भएको छ । अहिले हामी अनुसन्धानकै क्रममा रहेकाले सबैकुरा भन्न मिल्दैन, अनुसन्धान पछि मात्रै जानकारी गराउने छौं ।

यता मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने आफुले कमिशन लिएको र अनियमितता गरेको बारे अख्तियारले सोधेमा जवाफ दिने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...