अभियान लिएर गाउँ पस्यो काँग्रेस

Written by meropradesh creator

२३ भाद्र २०७९, बिहीबार

रामेछाप । यहीँ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवाारलाई जिताउन मतदाताको टोलटोलमा नेपाली काँग्रेसले “जनताको साथमा काँग्रेस” अभियान लिएर गाउँ पसेको छ ।

सोही अभियान अन्तर्गत नेपाली काँग्रेसले उमाकुण्ड गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसका सचिव दिपक खड्काले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काँग्रेसवाट उम्मेदवार बनेका नेतालाई निर्वाचित गराउन सबै नेता तथा कार्यकर्ताहरु एकढिक्का भएर लाग्नुपर्ने बताएका छन् ।

उनले भने– नेकपा एमालेले गरेको ज्यादती र संविधानको रक्षाको लागि पनि नेपाली काँग्रेसले जित्नु पर्छ । हिजो पार्टी भित्र आन्तरिक रुपमा भएका तितामिठा कुराहरु बिर्सेर आउँदो निर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउन एक भएर सबै कार्यकर्ताहरु लाग्नुु पर्छ । स्थानिय तहको निर्वाचनमा कसले टिकट पायो, कसले सहयोग गर्यो वा गरेन भन्ने सबै कुरा छाडेर पार्टीले टिकट दिएको नेतालाई जिताउन सबै लागि पर्नुपर्ने बताए ।

नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका उप–सभापति बाबुराम कटुवालको अध्यक्षता तथा नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अभियान कार्यक्रममा उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि झपडराज भण्डारी, स्थानिय तह निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार जीतवहादुर कटुवाल लगाएतले आ–आफ्नो मन्तव्य राख्दै मंसिर ४ गते हुने निर्वाचनमा जसरी भएपनि काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन सबै कार्यकर्ताहरु एकजुट भएर लाग्न आग्रह गरे ।

नेपाली काँग्रेसले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी रामेछापको २ नगरपालिका र ६वटा गाउँपालिका गरि ८ वटै स्थानिय तहमा “जनताको साथमा काँग्रेस” कार्यक्रम लिएर नेताहरु गाउँ पसेका हुन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...