अब आमाको नामबाट पनि सहजै नागरिकता

५ आश्विन २०८२, आईतवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेपछि अब आमाको नामबाट समेत सन्तानले सहजै नागरिकता पाउने बाटो खुलेको छ।

संशोधित ऐनअनुसार बाबुको पहिचान नभएको वा सम्पर्कविहीन भएको अवस्थामा आमाले स्वघोषणा गरेपछि सन्तानलाई आमाकै नाममा नागरिकता उपलब्ध गराइनेछ। यससँगै विगतमा नागरिकता नपाएर वर्षौंसम्म जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ।

राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालीन सभापति रामहरि खतिवडाले आमाको नामबाट नागरिकता दिलाउने व्यवस्था संविधानमै भए पनि व्यवहारमा लागु हुन नसकेको स्मरण गर्दै अब ऐनमार्फत स्पष्ट कानुनी बाटो खुलेको बताए। उनका अनुसार, “आमाले स्वघोषणा गरेपछि सन्तानलाई नागरिकता पाउने अधिकार सुनिश्चित भएको छ। यो ऐतिहासिक र महत्वपूर्ण काम हो।”

नयाँ ऐनले बाबुको नाम जन्मदर्ता वा शैक्षिक कागजातमा भए पनि पहिचान खुलाउन नसकेको अवस्थामा आमाको स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था गरेको छ। त्यस्तै, आमाको मृत्यु भइसकेको वा होस नभएको अवस्थामा चिकित्सकको प्रमाणसहित पनि सन्तानले नागरिकता पाउनेछन्। सन्तानले चाहनाअनुसार आमा वा बाबुमध्ये एकजनाको मात्र नाम नागरिकतामा राख्न सक्ने व्यवस्था पनि नयाँ ऐनले गरेको छ।

यदि प्रमुख जिल्ला अधिकारीले नागरिकता दिन अस्वीकार गरेमा सम्बन्धित व्यक्तिले ३५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत वा सोझै गृह मन्त्रालयमा निवेदन दिन सक्नेछन्। मन्त्रालयले ३० दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ र सो निर्णय अन्तिम हुने छ।

यसबाहेक, नागरिकता ऐनमा दफा २२क थपेर नाबालकलाई ‘नाबालक परिचयपत्र’ दिने व्यवस्था समेत गरिएको छ। बाबु वा आमामध्ये एकजना नेपाली नागरिक भएको प्रमाणित भएमा नाबालकले सो परिचयपत्र पाउनेछन् । नयाँ ऐन लागू भएसँगै अब कुनै पनि नेपाली आमाबाट जन्मिएका सन्तान नागरिकताबाट बञ्चित हुने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...