आयोजनावाट कवाडी सामान सेटिङमा बिक्री गरेको भन्दै स्थानियको बिरोध

Written by meropradesh creator

६ जेष्ठ २०७८, बिहीबार

रामेछाप । माथिल्लो तामाकोशी आयोजनाको कवाडी सामान सेटिङमा बिक्री गरेको भन्दै स्थानियले बिरोध गरेको छ । कोरोना महामारी र निषेधाज्ञाको बेला राष्ट्रिय गौरवको निर्माणाधिन माथिल्लो तामाकोशी आयोजनावाट कवाडी सामान ’सेटिङमा बिक्रि भएको भन्दै स्थानीयले बिरोध गदै समान लैजान अवरोध गरेका छन् । गौरीशंकर र बिगु गाउँपालिकाका स्थानीयले बिगु गाउँपालिका ४ लादुकको भोर्ले पम्प नजिकै दुई वटा मालवाहक टेलरलाई अवरोध गरेका हुन् । उनीहरुले मंगलबार गोंगरवाट फलामे बिम (आई बिम) लिएर छुटेको ना ८ ख ६८९२, प्रदेश २–०३–००१ ख–०१६८ नम्बरको टेलरलाई भोर्ले पम्प नजिकै रोकेर लोड गरिएको सवै सामान सडकमा फालिदिएका छन् । फालिएकोे सामानलाई इलाका प्रहरी कार्यालय सिंगटीवाट खटिएको प्रहरी टोलीले हिजो विहान पुनःक्रेनको माध्यमवाट लोड गरी आयोजनास्थल गोंगरमै फर्काउन खोजेपनि स्थानीयले पुनः अवरोध गरेका छन् । आयोजनामा कार्यरत बिभिन्न कम्पनीको नाममा माथिल्लो तामाकोशीमा रहेको कवाडी सामान अन्यत्र बिक्रि गर्न लागिएकाले अवरोध गरेको स्थानीयहरुको भनाई छ । गौरीशंकर गाउँपालिकको चंखु, मार्नु, सुरी तथा बिगु गाउँपालिकाको सिंगटी क्षेत्रका युवाले गरेको अवरोध पछि सवै
सामान सडकमै छाडेर दुई वटा टेलर गन्तव्यतर्फ छुटेका छन् । ती टेलरमा नयाँ र पुराना गरी ३ हजार किलो भन्दा बढी तौल को फलामे बिमहरु रहेको बताईएको छ । कतिपय बिमहरु खिया लागेको अवस्थाका पनि रहेका छन् । टेलर चालकले सामान बिरगञ्ज लैजान लागेको बताएका छन् ।स्थानीयले ५ दिनअघि माथिल्लो तामाकोशीको बाँधस्थल लामावगर र आयोजनास्थल गोगरवाट सामान लिएर आएका ६ वटा टेलरलाई पनि अवरोध गरेका थिए । अवरोधपछि सामान सहितका सवै टेलरलाई आयोजनास्थलमै फर्काइएको थियो । यसअघि पनि १३ वटा गाडिमा माथिल्लो तामाकोशीको कवाडी सामान जिल्ला वाहिर लगिएको स्थानीयको आरोप छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले माथिल्लो तामाकोशीवाट सामान बोकेर हिडेको गाडिलाई अवरोध भएको सूचना आएपनि त्यसवारे बिस्तृत विवरण आउन बाँकी रहेको बताए । माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भने आयोजनाको कवाडी सामान नभई मेकानिकल तथा ईलेक्ट्रिकल कामको जिम्मा लिएको अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले काम सकेपछि आफ्नो सामान फिर्ता लगेको प्रतिक्रिया दिएको छ । परामर्शदाता कम्पनीले प्रयोग नहुने सामान अन्यत्र लैजानका लागि सहमति दिएको र सोही आधारमा आयोजना प्रमुखले सामानको भेरिफाई गरेर लैजानका लागि पत्र दिएको उनले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...