आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न मन्थली नगरपालिकाको आग्रह

रामेछाप । मन्थली नगरपालिकाले नगरभित्र आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न आग्रह गरेको छ । मंगलबार मन्थली नगरपालिकाले नदीजन्य पदार्थ (ढुङ्गा गिट्टी बालुवा माटो) को कर शुल्क सम्बन्धी सुचना जारी गर्दै मन्थली अनुमती बिना आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न आग्रह गरेको हो ।
सुचनामा भनेको छ “नगरपालिकाले नगरभित्र सञ्चालन हुने आयोजनाहरूलाई आयोजना निर्माण गर्दा निस्केको नदीजन्य पदार्थको राजस्व बुझाई नगरपालिकाबाट अनुमति लिएर मात्र प्रयोग गर्न भनेको छ । वातावरणीय परीक्षण प्रतिवेदन भएको आयोजनाको हकमा प्रतिवेदनमा तोकिएको क्षेत्रमा मात्र उत्खनन र सङ्कलन गरी नगरपालिकामा राजस्व बुझाई अनुमति लिएर मात्र प्रयोग गर्नु सूचनामा भनिएको छ ।
सडक निर्माण र विस्तारको क्रममा सडक अधिकार क्षेत्र भित्रबाट निस्कने ढुङ्गा, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्री सम्बन्धित आयोजनाले उपयोग गर्ने अवस्थामा त्यस्तो सामाग्रीको परिमाणको आधारमा लाग्ने बिक्री मूल्य बराबरको रकम पालिकामा बुझाएर मात्र उपयोग गर्न भनिएको छ । निजी जग्गाबाट ढुङ्गा, गिट्टी, बालुवा वा माटो उत्खनन गरी बिक्री गर्दा तोकिएको राजस्व तिरी स्थानीय तहबाट अनुमति लिएर मात्र उत्खनन सङ्कलन र बिक्री नगरपालिकाले आग्रह गरेको छ ।
केही दिन अघि मन्थली नगरपालिका–८ र ११ को सिमाना बफर खोलामा निर्माण सुरु भएको सडक योजनालाई लिएर जनप्रतिनिधि र निर्माण व्यवसायीबिच विवाद भएको थियो । उक्त सडक योजना बारे स्थानीय सरकारलाई कुनै जानकारी नभएको र कानुन विपरीत नदीजन्य पदार्थको दोहन भएको विषयमा वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठ र निर्माण व्यवसायी वीरबहादुर बरुवालबिच विवाद भएको थियो । नगर प्रवक्ता समेत रहनु भएका अध्यक्ष श्रेष्ठ र निर्माण व्यवसायी बरुवालबिच भएको विवादको भिडियो सामाजिक सञ्चालनमा भाइरल भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ, जेठ ३०बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासे डाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ...

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

रामेछाप, जेठ ३० रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा कुरनथलीमा बिहीबार बिहान भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेको छ। आगलागीमा परेर गोठमा रहेका ७ वटा बाख्रा जलेर मरेका छन् भने एक माउ भैँसी र एक राँगो घाइते भएका छन्। स्थानीय ५३ वर्षीय कान्छाराम योञ्जनको गोठमा...

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछाप, जेठ २९ – पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीका क्रममा ३१ जना रामेछापवासीले विदेशमै ज्यान गुमाएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै ९ जनाको मृत्यु भएको हो। सामी कार्यक्रमका संयोजक दीपक कुमार केसीका अनुसार, आर्थिक...