आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न मन्थली नगरपालिकाको आग्रह

रामेछाप । मन्थली नगरपालिकाले नगरभित्र आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न आग्रह गरेको छ । मंगलबार मन्थली नगरपालिकाले नदीजन्य पदार्थ (ढुङ्गा गिट्टी बालुवा माटो) को कर शुल्क सम्बन्धी सुचना जारी गर्दै मन्थली अनुमती बिना आयोजना निर्माण गर्दा निस्कने नदीजन्य पदार्थ अनुमति लिएर मात्रै प्रयोग गर्न आग्रह गरेको हो ।
सुचनामा भनेको छ “नगरपालिकाले नगरभित्र सञ्चालन हुने आयोजनाहरूलाई आयोजना निर्माण गर्दा निस्केको नदीजन्य पदार्थको राजस्व बुझाई नगरपालिकाबाट अनुमति लिएर मात्र प्रयोग गर्न भनेको छ । वातावरणीय परीक्षण प्रतिवेदन भएको आयोजनाको हकमा प्रतिवेदनमा तोकिएको क्षेत्रमा मात्र उत्खनन र सङ्कलन गरी नगरपालिकामा राजस्व बुझाई अनुमति लिएर मात्र प्रयोग गर्नु सूचनामा भनिएको छ ।
सडक निर्माण र विस्तारको क्रममा सडक अधिकार क्षेत्र भित्रबाट निस्कने ढुङ्गा, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्री सम्बन्धित आयोजनाले उपयोग गर्ने अवस्थामा त्यस्तो सामाग्रीको परिमाणको आधारमा लाग्ने बिक्री मूल्य बराबरको रकम पालिकामा बुझाएर मात्र उपयोग गर्न भनिएको छ । निजी जग्गाबाट ढुङ्गा, गिट्टी, बालुवा वा माटो उत्खनन गरी बिक्री गर्दा तोकिएको राजस्व तिरी स्थानीय तहबाट अनुमति लिएर मात्र उत्खनन सङ्कलन र बिक्री नगरपालिकाले आग्रह गरेको छ ।
केही दिन अघि मन्थली नगरपालिका–८ र ११ को सिमाना बफर खोलामा निर्माण सुरु भएको सडक योजनालाई लिएर जनप्रतिनिधि र निर्माण व्यवसायीबिच विवाद भएको थियो । उक्त सडक योजना बारे स्थानीय सरकारलाई कुनै जानकारी नभएको र कानुन विपरीत नदीजन्य पदार्थको दोहन भएको विषयमा वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठ र निर्माण व्यवसायी वीरबहादुर बरुवालबिच विवाद भएको थियो । नगर प्रवक्ता समेत रहनु भएका अध्यक्ष श्रेष्ठ र निर्माण व्यवसायी बरुवालबिच भएको विवादको भिडियो सामाजिक सञ्चालनमा भाइरल भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...