आवश्यकताको आधारमा विकास हुनु पर्छ – सांसद श्रेष्ठ

रामेछाप । बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले आवश्यकताको पहिचान नगरी विकास गर्न नहुने बताएका छन् । नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरूको राष्ट्रिय महासंघले लिखुतामाकोशी गाउँपालिका–६ खिम्तिमा आयोजना गरेको नेतृत्व तथा क्षमता विकास सम्बन्धी तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आवश्यकताको पहिचान गरेर मात्र विकास गर्नु पर्ने बताएका हुन् ।

सांसद श्रेष्ठले कुन स्थानमा के आवश्यक छ पहिचान नगरी जता त्यतै विकास गर्दै जाने हो समृद्ध नेपाल बन्न नसक्ने बताएका हुन् । नागरिकले पनि आवश्यकताको पहिचान गरेर योजना माग गर्ने र दिने निकायले पनि अध्ययन विना कुखुरालाई चारो छरेको जसरी विकासका योजना वितरण गर्दा देश सङ्कटमा पर्दै गएको बताए । जिल्ला स्तरमा गरिने विकास निर्माण पहुँच र पावरको भरमा गरिएकै कारण शिक्षा, स्वास्थ्य र खानेपानीको आयोजनाहरू केही वर्षमा खण्डहरको रूपमा परिणत हुने सांसद श्रेष्ठको दाबी छ । अहिले भइरहेका विकास निर्माणका काम बारे प्रश्न गर्दै १० वर्ष पछि ती सबै संरचनाहरू’खण्डहर’ बन्ने दाबी गरे । 

नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरूको राष्ट्रिय महासंघ रामेछापका अध्यक्ष कल्पना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सांसद श्रेष्ठ सहित भानु नगरपालिका तनहुँका नगरप्रमुख एवं नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरूको राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष आनन्द राज त्रिपाठी सहित, जिल्लाका विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । खड्काले नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरूको राष्ट्रिय महासंघले शिक्षा, विज्ञान, संस्कृति आमसञ्चार र सामाजिक क्षेत्रमा काम गर्दै आएको जानकारी दिए । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...