रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफनो कार्यकालको प्रारम्भिक चरणमा निर्माण गर्र्नु पर्ने आबधिक आयोजना जिम्मेवारी लिएको ब्यक्तिका कारण ढिलो हुन बताएका छन् । जुन समयमा आबधिक योजना आउनु पर्ने थियो त्यो हुन नसकेको बिषयमा आफु पनी चिन्तित भएको नगर प्रमुख बस्नेतले बताए । नगर प्रमुख बस्नेतले विभिन्न कम्जोरीका बावजुद आफनो कार्यकालको अन्त्यमा भएपनि आबधिक योजना निर्माण हुन लागेकोमा भने आफुलाई समेत खुसि लागेको बताए ।
सो क्रममा नगर प्रमुख बस्नेतले नगर कार्यपालिकाको निर्णय र शहरि विकास मन्त्रालय समेतको सहजिकरमा नगरले विज्ञ र प्राविधिक हरुको टोलीको सहयोगमा नगरको आवधिक योजना निर्माण गर्न लागेको जानकारि दिए । नगर प्रमुख बस्नेतले निर्माणको अन्तिम चरणमा रहेको आबधिक योजना नगरको विकासमा कोशेढुंगा सावित हुने समेत बताए । सो कुरा बस्नेतले मंगलबार मन्थली नगरपालीकाको सभाहलमा आयोजित नगरको प्रथम आवधिक नगर विकास योजना तर्जुमा कार्यशालमा बताएका हुन ।
बस्नेतले भने विज्ञ तथा प्राविधिक टोलिले आवधिक योजना निर्माणको लागि प्रारम्भिक चरणको काम सकेर नगरकार्यपालिकाका पदाधिकारी तथा जिल्लाको सरोकारवालाहरु समेतलाई राखेर छलफल गराउने अभियान अन्र्तगत कार्यशालको आयोजना गरिएको जानकारी दिए ।
आफुहरुको कार्यकाल सकिन लागेको भएपनि आफनो कार्यकालमा तयार भएको आवधिक योजनाले नगरको शिक्षा,स्वास्थय,कृषि ,पर्यटनको विकासमा ठुलो सहयोग पुर्याउने र त्यसले आगामी निर्बाचन पछि आउने नेतृत्वलाई नगरको विकासमा ठुलो सहयोग पुग्ने र यसले नगरको विकासको गतिमा पनि अबरोध नआउने स्पष्ट पारे ।
योजना तर्जुमा कार्यशालामा उपमेयर मायाँ कार्कि,प्रमुख प्रशासकिय अधिकृत लीला राज पौडेले नेपाली काँगेसका कोषाध्यक्ष कुुमार श्रेष्ठ,नेकपा एमालेका झम्क कडेल,नेकपा समाजबादीका कृष्ण बहादुर थापा,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे ,गैसस महासंघ,जिल्ला सहकारी संघ लगायतका जिल्लाका सरोकारवालाहरुले समेत सकृयता पुर्वक कार्यशालामा सहभागिता जनाएका छन् । कार्यशाला बुधबार सम्म पनि जारि हुने आयोजक पक्षले बताएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...