आवधिक योजना आउन ढिला भयो ः मेयर बस्नेत

Written by meropradesh creator

१५ भाद्र २०७८, मंगलवार

रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफनो कार्यकालको प्रारम्भिक चरणमा निर्माण गर्र्नु पर्ने आबधिक आयोजना जिम्मेवारी लिएको ब्यक्तिका कारण ढिलो हुन बताएका छन् । जुन समयमा आबधिक योजना आउनु पर्ने थियो त्यो हुन नसकेको बिषयमा आफु पनी चिन्तित भएको नगर प्रमुख बस्नेतले बताए । नगर प्रमुख बस्नेतले विभिन्न कम्जोरीका बावजुद आफनो कार्यकालको अन्त्यमा भएपनि आबधिक योजना निर्माण हुन लागेकोमा भने आफुलाई समेत खुसि लागेको बताए ।
सो क्रममा नगर प्रमुख बस्नेतले नगर कार्यपालिकाको निर्णय र शहरि विकास मन्त्रालय समेतको सहजिकरमा नगरले विज्ञ र प्राविधिक हरुको टोलीको सहयोगमा नगरको आवधिक योजना निर्माण गर्न लागेको जानकारि दिए । नगर प्रमुख बस्नेतले निर्माणको अन्तिम चरणमा रहेको आबधिक योजना नगरको विकासमा कोशेढुंगा सावित हुने समेत बताए । सो कुरा बस्नेतले मंगलबार मन्थली नगरपालीकाको सभाहलमा आयोजित नगरको प्रथम आवधिक नगर विकास योजना तर्जुमा कार्यशालमा बताएका हुन ।
बस्नेतले भने विज्ञ तथा प्राविधिक टोलिले आवधिक योजना निर्माणको लागि प्रारम्भिक चरणको काम सकेर नगरकार्यपालिकाका पदाधिकारी तथा जिल्लाको सरोकारवालाहरु समेतलाई राखेर छलफल गराउने अभियान अन्र्तगत कार्यशालको आयोजना गरिएको जानकारी दिए ।
आफुहरुको कार्यकाल सकिन लागेको भएपनि आफनो कार्यकालमा तयार भएको आवधिक योजनाले नगरको शिक्षा,स्वास्थय,कृषि ,पर्यटनको विकासमा ठुलो सहयोग पुर्याउने र त्यसले आगामी निर्बाचन पछि आउने नेतृत्वलाई नगरको विकासमा ठुलो सहयोग पुग्ने र यसले नगरको विकासको गतिमा पनि अबरोध नआउने स्पष्ट पारे ।
योजना तर्जुमा कार्यशालामा उपमेयर मायाँ कार्कि,प्रमुख प्रशासकिय अधिकृत लीला राज पौडेले नेपाली काँगेसका कोषाध्यक्ष कुुमार श्रेष्ठ,नेकपा एमालेका झम्क कडेल,नेकपा समाजबादीका कृष्ण बहादुर थापा,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे ,गैसस महासंघ,जिल्ला सहकारी संघ लगायतका जिल्लाका सरोकारवालाहरुले समेत सकृयता पुर्वक कार्यशालामा सहभागिता जनाएका छन् । कार्यशाला बुधबार सम्म पनि जारि हुने आयोजक पक्षले बताएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...