आठौं अधिवेशनमा एमाले रामेछापले आर्थिक संकलन नगर्ने

Written by meropradesh creator

१२ पुष २०७८, सोमबार

रामेछाप । नेकपा एमाले रामेछापको ८ औं जिल्ला अधिवेशनको नाममा कुनै आर्थिक संकलन नगरि आन्तरिक व्यवस्थापनवाट नै अधिबेशन सम्पन्न गर्ने जनाएको छ ।

एमालेको यहीँ पुस २३ र २४ गते जिल्ला सदरमुकाम मन्थलीमा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको सो पार्टीले सोमवार पार्टी कार्यायलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि जानकारी गराएको हो । पार्टीको ८ औं जिल्ला अधिवेशनको उद्घाटन पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य कैलाश प्रसाद ढुंगेलले गर्ने तय भएको पार्टी प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले जानकारी दिए ।

जिल्ला अधिवेशनको लागि एमालले पुस १७ गते एकैदिन सवैको वडा भेला सक्ने र १८ गते सबै पालिकाको भेला सकेर प्रतिनिधि चयन गर्ने भएको छ । अधिवेशनमा जिल्लाका ८ वटै स्थानिय तहका गरि करिव ७ सय प्रतिनिधिहरु सहभागी हुने छन् । प्रतिनिधि छनौट गर्दा उत्पीडित सदस्यको संख्या घटाई प्रत्येक वडामा ५० लाई आधार संख्या मानी त्यसवाट खुल्ला २ र महिला १ गरि तीन जनाको प्रतिनिधित्व हुने छ ।

त्यस्तै ५० सदस्यको १ खुल्ला र त्यसपछिको ५० मा महिला प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै जनवर्गिय संगठनवाट प्रत्येक पालिकाबाट ३ पुुरुष र २ महिला गरि ५ जना, सम्र्पक मञ्चवाट १३ पुरुष र २ महिला गरि १५ जना, प्रत्येक वडावाट दलितको १ जना प्रतिनिधित्व हुने र जिल्ला सल्लाहाकार समितिवाट १५ जनाले उक्त अधिवेशनमा सहभागीता जनाउने भएका छन् ।


अधिवेशने सम्पन्न गर्न एमालले विभिन्न समिति समेत निमार्ण गरेको छ । जसमा पार्टी अध्यक्ष समेत रहेका शान्तिप्रसाद पौडेलको संयोजकत्वमा राजनितिक सांगठनिक प्रतिवेदन तयारी समिति र आर्थिक व्यवस्थापन समिति, रामप्रसाद देवकोटाको संयोजक्तवमा आर्थिक प्रतिवेदन तयारी समिति, पार्टी सचिव आनन्द कुमार श्रेष्ठको संयोजक्तवमा प्रतिनिधि व्यवस्थापन समिति चयन गरेको छ ।

त्यस्तै प्रकाशकुुमार कार्कीको संयोजकत्वमा प्रसार समिति, पुरुषोत्तम कडरियाको संयोजकत्वमा खाद्य आवास व्यवस्थापन समिति, गोपाल श्रेष्ठको संयोजक्तवमा मन्च व्यवस्थापन समिति, लब श्रेष्ठको संयोजकत्वमा स्ंवयमसेवक परिचालन समिति, प्रेम तामाङको संयोजक्तवमा अतिथि स्वागत सत्कार समिति र झम्क कडेलको संयोजक्तवमा सांस्कृतिक कार्यक्रम समिति गठन गरेर जिम्मेवारी प्रदान गरेको छ ।

पार्टी अधिवेशनमा आउने प्रतिनिधिहरुलाई एमालले खाना र बासको व्यवस्थापन गरेको छ । प्रतिनिधिहरुले अधिवेशनमा आउँदा यातायातको व्यवस्थापन भने स्वंय आफैले गर्नुपर्ने नेकपा एमाले रामेछापका सचिव आनन्द कुमार श्रेष्ठले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...