आफ्नो माग पुरा नभए भोली देखी रामेछापका पेट्रोलियम व्यवसायीहरू आन्दोलनमा उत्रने

२३ भाद्र २०८१, आईतवार

रामेछाप । रामेछापका पेट्रोलियम व्यवसायीहरूले आफ्नो माग पुरा नभए सोमबार देखी आन्दोलनमा उत्रने चेतावनी सहित आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ । जिल्लामा सञ्चालित ४ वटै पम्पहरूले आफूहरूको जायज माग पुरा नगरे देखी सोमबार  देखी चरणबद्ध आन्दोलन गर्ने घोषणा सहित विज्ञप्ति जारी गरेको हो । 

यही भाद्र १६ गते उद्योग वाणिज्य कार्यालय रामेछापले अस्वाभाविक रूपमा बजारमा पेट्रोलियम पदार्थ अभाव गराएको भन्दै रामेछापका दुई वटा पेट्रोल पम्पहरू जरिवाना सहित सिल गरेको थियो । उद्योग वाणिज्य कार्यालय रामेछापले बसपार्कको निलकण्ठेश्वर आलय स्टोर्सलाई इन्धनको न्यूनतम मौज्दात नराखेको, पेट्रोल र डिजेलको डिस्पेन्सर बन्द गरेको, र भैशेश्वरमा सञ्चालित शुभ समृद्धि आलय स्टोर्स बन्द अवस्थामा भेटिएको भन्दै निलकण्ठेश्वर आलय स्टोर्सलाई २ लाख ५० हजार जरिवाना सहित सिल र शुभ समृद्धि आलय स्टोर्सलाई बन्द रहेको अवस्थामा सिल गरेको थियो । उक्त सिल बन्दीको विरोध गर्दै आफ्नो माग पुरा नभए सिन्धुली हाइवे पेट्रोलियम डिलर्स एसोसिएसनले भाद्र २४ गते सोमबार जिल्लाका सबै पेट्रोलियम व्यवसायीहरू सँग छलफल गर्ने, २५ गते मङ्गलवार बाट ४ वटै पम्पहरूले तेल बिक्री वितरण नगर्ने, २६ गते बुधवार बाट अनिश्चित कालीन ४ वटै पेट्रोल पम्पहरूले पम्प बन्द गर्ने घोषणा गरेको छ । 

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको डिलर्स एशोसियशनको ध्यानाकर्षण पत्रमा भनिएको छ ‘मन्थली १ स्थित लक्ष्मी आयल स्टोर्स मन्थली र जाल्पादेवी आयल स्टोर खिप्तीले समेत सो अवधिमा तेल बिकी गरिरहेकोले मन्थलीमा तेलको अभाव नरहेको अवस्था हुँदा हुँदै जरिवाना गर्नु कतिको सान्दर्भिक हुन्छ ’ निलकण्ठेश्वर आयल स्टोर माथि गरिएको जरिवाना यथाशीघ्र खारेज होस् भन्दै थप भनिएको छ ‘शुभ संवृद्धि आयल स्टोर्स भैसेश्वरले भदौ १० गते आफ्ना पिताजी गम्भीर बिरामी भई काठमाडौँ लैजानुपर्ने अवस्था सिर्जना भई जिल्ला प्रशासन कार्यालय रामेछापमा लिखित निवेदन दिएको सो विषयको समेत प्रवाह नगरी प्रो. काठमाण्डौमा भएकै अवस्थामा तेल डिपोमा गई सिल बन्दी गरेकोले कम्तीमा बिरामीको गम्भीर अवस्था अनुसार ८÷१० दिन लाग्नेमा सोही समय भित्र सिल बन्दी गरेकोमा यधाशिध्र सिल खोली नियमित तेल विक्री वितरण गर्ने व्यवस्था होस भनिएको छ । 

एसोसिएसनका अध्यक्ष रामहरि थापा सहितको उपस्थितिमा जिल्लाका चारै पेट्रोल पम्पहरूले जिल्ला प्रशासन, उद्योग वाणिज्य कार्यालय र रामेछाप उद्योग वाणिज्य सङ्घमा ध्यानाकर्षण पत्र सहितको अन्तरक्रिया गरी आफूहरूका माग र गुनासाहरू सुनाउने उद्योग वाणिज्य सङ्घ रामेछापमा निवर्तमान अध्यक्ष केशव घिमिरेले बताए । घिमिरेले आयल स्टोरहरूलाई एक्कासि ‘नियतवश गरिएको कारबाही फुकुवा गर्नु पर्ने समेत पत्रकार सम्मेलनमा बताएका छन् । शुभ समृद्धि आयल स्टोर्सका सञ्चालक जीवन बुढाथोकीले पारिवारिक समस्या र पेट्रोलियम पदार्थको आयातमा हुने प्राविधिक समस्या बाहेक तेल बिक्री वितरणमा अवरोध नगरेको  भन्दै अस्वाभाविक तेलको बिक्री वितरणमा रोक लगाएको उद्योग वाणिज्यको आरोप स्वीकार्य नहुने दाबी गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...