आफैले गरेको निर्णय आफै लत्याउँछन् रामेछापका प्रजिअ– सैजु

Written by meropradesh creator

२३ श्रावण २०७८, शनिबार

रामेछाप । जिल्लामा कोरोनाका संक्रिय संक्रमितहरुको संख्या नघटेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु आफैले गरेको निर्णयलाई खिल्ली उडाउँदै विभिन्न सार्वजनिक कार्यक्रममा आफै सरिक हुँदै आएका छन् ।

जिल्लामा ठूलो संख्यामा हुने भेला, सम्मेलन लगाएतका कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्वंय ती कार्यक्रमहरुमा सहभागी हुदै आएका   छन् । उनले जिल्लामा निषेधाज्ञा सर्वसाधारण नागरिकहरुको लागि लगाइदिने आफु भने जिल्लामा हुने राजनितिक सभासम्मेलन लगाएतका सार्वजनिक कार्यक्रममा नेताहरुको चाकडी र चाप्लुसीका लागि पुग्ने गरेको छन् ।

प्रमुख जिल्ला अधिकारी सैजुकै अध्यक्षतामा जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको साउन १६ गते बसेको बैठकले जिल्लाभर कोरोना संक्रमण हुने दर बढिरहेको भन्दै खुल्ला स्थानमा मानिसहरु भेला हुने, भिडभाड गर्न नपाइने, सभा जुलुस गर्न नपाइने, महोत्सव र भोजभतेर लगाएतका कार्यहरु गर्न पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको थियो ।


प्रजिअ सैजुले गरेको उक्त निर्णयको मसि सुक्न नपाउँदै वुधवार र विहिवार जिल्लामा भएका दुई सार्वजनिक कार्यक्रममा सयौंको संख्यामा सहभागी भएका नागरिक माझ प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक समेतको सहभागीता भएको थियो । वुधवार सित्खा गोगनपानी सडक उद्घाटन गर्न रामेछाप आएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको कार्यक्रमलाई प्रजिअ सैजुले रोक्न भने सकेनन् बरु उल्टै उक्त कार्यक्रममा जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी समेत लिएर कार्यक्रम स्थल पुगेका थिए ।

प्रजिअ सैजुले गरेको यो हर्कतलाई रामेछापका नागरिक समाज, आम संञ्चारकर्मी र राजनितिक दलका प्रतिनिधिहरुले समेत गम्भिर रुपमा लिएका छन् । प्रजिअ आफैले जिल्लाभर निषेधाज्ञा जारी गरेर सार्वजनिक कार्यक्रममा सहभागी हुनु गलत भएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जानकारी दिए ।

उनले भने– जिल्लामा हुने गैरसरकारी र सरकारी कार्यक्रमहरुलाई पूर्णरुपमा रोक लगाउनुको सट्टा आफै ती कार्यक्रममा हिड्नु प्रमुख जिल्ला अधिकारीको गैरजिम्मेवारी पन हो । वुधवार र विहिवार रामेछापमा सयौंको संख्यामा सहभागीका बिच भएका दुईवटा सार्वजनिक रुपमा भएका सरकारी कार्यक्रम रोक लगाउनु पर्नेमा ती कार्यक्रममा प्रजिअ आफै सहभागी हुनु भनेको सरकारी तबरकै गम्भिर अपराध भएको अध्यक्ष नयाँघरेले बताए ।


प्रमुख जिल्ला अधिकारी सैजुले जिल्लामा गर्दै आएका पछिल्लो घटनाक्रमलाई नजिकवाट नियाल्दै आएका नागरिक समाजका अगुवा हिमाल ढुगेलले पनि सार्वजनिक कार्यक्रममा आफै सहभागी हुनु र विभिन्न राजनितिक दल र गैरसरकारी संघसंस्थाका कार्यक्रम गर्न दिनु गलत भएको जानकारी दिए ।

उनले भने– कोरोना संक्रमितको संख्या बढ्यो भन्दै प्रजिअ सैजु आफै निषेधाज्ञा गर्ने निर्णय गर्ने तर आफै सयौंको संख्यामा भएको सहभागीका बिच सार्वजनिक कार्यक्रममा उपस्थिती हुनु भनेको एकदमै गलत हो । प्रजिअ सैजुले मन्त्री आए भनेर सयौंको संख्यामा सहभागी जम्मा गराएर कार्यक्रम संञ्चालन गर्न दिने तर भोलीका दिनमा हुने अन्य कार्यक्रम गर्न दिने की नदिने यस बिषयमा समेत गम्भिर प्रश्न उब्जिएको नागरिक समाजका अगुवा ढुगेल बताउँछन् ।


बुधवार खाँडादेवी गाउँपालिकाको सित्खा–गोगनपानी सडक उद्घाटन र प्रदेशवाट अन्य तीनवटा सडक निमार्ण गर्न रकम दिएको भन्दै विहिवार मन्थलीको सामुदायिक हलमा भएको उक्त दुईवटा कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री सहित दर्जनौ मन्त्री रामेछापमा लामबद्ध भएर आएका थिए । उक्त कार्यक्रममा मास्क, सेनिटाइजर र सामाजिक दुरी भने प्रशासनको निर्णयमा मात्रै सिमित भएको      देखिन्थ्यो ।

उक्त कार्यक्रममा सहभागी भएका नेकपा एमालेका नेताहरुले पनि कानेखुशी गर्दै यो कार्यक्रम नगर्दा राम्रो हुने भन्दै थिए । उनीहरुले कोरोनाको जोखिम कायम रहेको समयमा यस कार्यक्रमले झन जोखिम हुने बताउँदै बिषम परिस्थीतिमा यो कार्यक्रम गर्नु गलत भएको एक नेताले जानकारी दिए । उनले भने– मेरो नाम चाहीँ नछाप्नु होला । अहिलेको समयमा यो कार्यक्रम गर्नु गलत हो ।

कार्यक्रममा ५० वटा भन्दा वढी गाडी र करिव १ सय भन्दा बढी मोटरसाइकलमा सबार नागगरिकहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रम स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुसँग प्रशासनले गरेको निषेधाज्ञा अनुसारका सहभागी थिए त ? भन्ने जिज्ञासा राख्दा उनले कुनै प्रतिउत्तर भने दिएनन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने तय भएको हो । महामन्त्री प्रदीप पौडेलको...

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न सबैमा आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही...

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार...