आन्दोलनको चेतावनीबीच आयोगप्रति कांग्रेस उपसभापतिको भरोसा

काठमाडौं । पार्टीभित्रको विवादलाई लिएर आन्दोलनको चेतावनी दिइएको अवस्थामा पनि निर्वाचन आयोग आफ्नो संवैधानिक दायित्वबाट विचलित नहुनेमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले भरोसा व्यक्त गरेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति शर्माले निर्वाचन आयोगका पदाधिकारीसँगको भेटका क्रममा केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनको सन्दर्भ उल्लेख गर्दै आयोगको स्वतन्त्रता, निष्पक्षता र संवैधानिक निष्ठाप्रति विश्वास व्यक्त गरे ।

उनका अनुसार आयोगले कुनै पनि प्रकारको दबाब, धम्की वा राजनीतिक चेतावनीबाट प्रभावित नभई संविधान र कानुनअनुसार निर्णय लिनेछ । पार्टीभित्र उत्पन्न विवाद समाधानमा आयोगले आफ्नो भूमिकालाई जिम्मेवार ढंगले निर्वाह गर्नेमा आफूहरू ढुक्क रहेको शर्माको भनाइ थियो ।

यसअघि शेरबहादुर देउवा नेतृत्व पक्षका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमार्फत आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई मान्यता नदिइए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए । उक्त चेतावनीबारे जानकारी पाएपछि आयोगसमक्ष आफ्नो धारणा स्पष्ट पार्न आफूहरू आयोग पुगेको उपसभापति शर्माले बताए ।

‘आयोगले हाम्रो पक्षमा निर्णय गरेन भने आन्दोलन गर्ने चेतावनी दिइएको कुरा हामीले सुनेका छौं,’ शर्माले भने, ‘तर निर्वाचन आयोग यस्ता चेतावनी र दबाबबाट प्रभावित हुँदैन भन्नेमा हामी विश्वस्त छौं ।’

उनले पार्टीभित्रका विवाद समाधान संवैधानिक प्रक्रिया र पार्टी विधानको दायराभित्रै हुनुपर्नेमा जोड दिँदै आयोगको भूमिकाप्रति सम्मान व्यक्त गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...