आन्दोलनको चेतावनीबीच आयोगप्रति कांग्रेस उपसभापतिको भरोसा

काठमाडौं । पार्टीभित्रको विवादलाई लिएर आन्दोलनको चेतावनी दिइएको अवस्थामा पनि निर्वाचन आयोग आफ्नो संवैधानिक दायित्वबाट विचलित नहुनेमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले भरोसा व्यक्त गरेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति शर्माले निर्वाचन आयोगका पदाधिकारीसँगको भेटका क्रममा केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनको सन्दर्भ उल्लेख गर्दै आयोगको स्वतन्त्रता, निष्पक्षता र संवैधानिक निष्ठाप्रति विश्वास व्यक्त गरे ।

उनका अनुसार आयोगले कुनै पनि प्रकारको दबाब, धम्की वा राजनीतिक चेतावनीबाट प्रभावित नभई संविधान र कानुनअनुसार निर्णय लिनेछ । पार्टीभित्र उत्पन्न विवाद समाधानमा आयोगले आफ्नो भूमिकालाई जिम्मेवार ढंगले निर्वाह गर्नेमा आफूहरू ढुक्क रहेको शर्माको भनाइ थियो ।

यसअघि शेरबहादुर देउवा नेतृत्व पक्षका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमार्फत आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई मान्यता नदिइए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए । उक्त चेतावनीबारे जानकारी पाएपछि आयोगसमक्ष आफ्नो धारणा स्पष्ट पार्न आफूहरू आयोग पुगेको उपसभापति शर्माले बताए ।

‘आयोगले हाम्रो पक्षमा निर्णय गरेन भने आन्दोलन गर्ने चेतावनी दिइएको कुरा हामीले सुनेका छौं,’ शर्माले भने, ‘तर निर्वाचन आयोग यस्ता चेतावनी र दबाबबाट प्रभावित हुँदैन भन्नेमा हामी विश्वस्त छौं ।’

उनले पार्टीभित्रका विवाद समाधान संवैधानिक प्रक्रिया र पार्टी विधानको दायराभित्रै हुनुपर्नेमा जोड दिँदै आयोगको भूमिकाप्रति सम्मान व्यक्त गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...