आम सञ्चार विधेयक थप छलफलपछि मात्र अघि बढ्ने : मुख्यमन्त्री कार्की

१० भाद्र २०८२, मंगलवार

विराटनगर — कोशी प्रदेशमा चर्चाको केन्द्रबिन्दु बनेको ‘आम सञ्चार विधेयक’ तत्काल पारित नहुने भएको छ। पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले विधेयकमा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रावधान रहेको भन्दै तीव्र विरोध जनाइरहेका बेला मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप छलफलपछि मात्र अघि बढ्ने स्पष्ट संकेत दिएका हुन्।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पदाधिकारीसँग मंगलबार भएको भेटमा मुख्यमन्त्री कार्कीले पत्रकारहरूको मागलाई सकारात्मक रूपमा लिँदै भने, “संसद्मा प्रस्तुत भइसकेको विधेयक अब सरकारको मात्र होइन, सरोकारवाला सबै पक्षसँग गम्भीर छलफल गरेर अघि बढाउनुपर्छ।”

उनले प्रेस स्वतन्त्रता र संविधानले प्रत्याभूत गरेका अधिकारको रक्षा गर्ने सरकारको दृढ प्रतिबद्धता दोहोर्याउँदै, पत्रकारितालाई व्यवस्थित र सशक्त बनाउन कानुन आवश्यक भए पनि सरोकारवालाको चासो सम्बोधन नगरी अघि बढ्ने सोच नभएको प्रस्ट पारे।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र महासचिव हिमाकुमारी चेम्जोङले पत्रकारहरूको मागबारे विस्तृत धारणा राख्दै, प्रेस स्वतन्त्रता सुरक्षित गर्न र नागरिकको सूचना पाउने अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

यसअघि न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भई प्रदेशसभामा प्रस्तुत भएको विधेयक सार्वजनिक भएलगत्तै पत्रकार महासंघ, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरूले यसलाई प्रेस स्वतन्त्रतामाथि प्रहार भन्दै विरोध जनाएका थिए। महासंघले भदौ ९ देखि १३ सम्म चरणबद्ध आन्दोलन कार्यक्रमसमेत घोषणा गरिसकेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...