रामेछाप । मन्थली नगरपालिका वडा नं–१ आकाशेको यएरर्पोट नजिकै तामाकोशी नदी किनारमा बिहिबार दिउँसो एक पुरुषको शब बेवारिशे अवस्थामा फेला परेको छ ।
तामाकोशी नदीले बगाउँदै ल्याएको पुरुषको शब यएरर्पोट नजिकै तामाकोशी नदी किनारमा भेटिएको हो । अन्दाजी ५०÷५५ बर्ष देखिने ती पुरुषको शब तामाकोशी नदीले आजमात्रै बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
उनले भने– तामाकोशी नदी किनारमा बेवारिशे शब स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पछि घटनास्थल पुगेको प्रहरीको टोली घटनास्थलको मुचुल्का तयार गरी शब पोष्र्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । अहिलेसम्म शब कस्को हो भन्ने एकिन भइनसकेको प्रबक्ता श्रेष्ठले बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...