आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

काठमाण्डौं । आज बिहान(बिहिबार) २ बजे तिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगर बाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ३० जना घाइते भएको छ ।

तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको हो । ३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरेर उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेका थिए । १० जना मध्ये एक जना रौतहटका नारायणबहादुर भण्डारीको मात्र सनाखत भएको डीएसपी हरिबहादुर वलीले बताए । ९ मृतकको नाम अझै खुलेको छैन । घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक अवधिसम्म प्रदान गरिएका सेवा–सुविधाको...

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थप

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थप

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सहमतिभन्दा निर्वाचनतर्फ मोडिएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्न अस्वीकार गरेपछि विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रियामार्फत नै पार्टीको नीति र नेतृत्व टुंग्याइने स्पष्ट पारेका छन् । रातभर विभिन्न चरणमा...

कारागारभित्र के लुकाइँदैछ ? अदालतको निरीक्षण रोकिनु रहस्यमय

कारागारभित्र के लुकाइँदैछ ? अदालतको निरीक्षण रोकिनु रहस्यमय

रामेछाप । कैदीबन्दीबाट पटक–पटक कुटपिट र दुव्र्यवहारको गुनासो आएपछि वस्तुस्थिति बुझ्न जिल्ला कारागार पुगेको अदालतको टोलीलाई प्रवेशमै रोकिएपछि रामेछाप कारागारको आन्तरिक अवस्था थप रहस्यमय बन्दै गएको छ। न्यायाधीशकै नेतृत्वमा पुगेको अनुगमन टोलीलाई प्रशासनिक आदेशको आडमा...