आगोलागीबाट रामेछापमा परिवार घर बिहिन ः करडौको क्षती

३ चैत्र २०८०, शनिबार

रामेछाप । रामेछापमा बिहिबार भएको आगालागी बाट १२ घर परिवार घर बिहिन भएका छन् । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ९ राताटारमा लागेको आगोको कारण १२ परिवार घर विहिन भएका छन् । साथै करडौको धन सम्पती जलेर नष्ट भएको छ ।
राताटार स्थित रहेको हरदेनी पाखा सामुदायिक वनमा लागेको आगो हावाहुरीको कारण बस्ती तर्फ सल्किन जाँदा आगोलागिबाट ठुलो क्षति भएको छ ।


आगलागीबाट महेशलाल तामाङको कच्ची घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन, र नगद रु. तिन लाख गरी ३ लाख ७५हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । महेशलालको उक्त घरमा ८ जना परिवार बसोबास गर्दै आएका थिए ।
आगलागीबाट नरबहादुर तामाङको कच्ची घर, लत्ताकपडा, भाडावर्तन, अन्नपात, र १ गोरु घाइते गरी तिन लाख बराबरको क्षति भएको छ । नरबहादुर उक्त घरमा ३ जनाको परिवार सहित बसोबास गर्दै आएका थिए ।


सर्किनी तामाङको कच्ची घर,भाडावर्तन, लत्ताकपडा, अन्नपात , सुन ३ तोला , चाँदी ५ तोला र नगद रु.२,७५,०००।– गरी ६ लाख ७५हजार बराबरको क्षति भएको छ । उनी एक्लै सो घरमा बस्दै आएका थिए । धन बहादुर तामाङको ४ लाख ५० हजार बराबरको क्षति भएको छ । उक्त घरमा ४ जना बसोबास गर्दै आएका थिए । आगलागीबाट पूर्ण बहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सिताराम नेवार, मीन बहादुर नेवार, मानकुमारी नेवार, बम बहादुर श्रेष्ठको घर जलेको प्रहरीले जनाएको छ ।


पूर्ण बहादुर नेवारको २१ लाख ८५ हजार बराबरको क्षति भएको छ । पूर्णबहादुरको घरमा १० जना बसोबास गर्दै आएका थिए । धनमाया श्रेष्ठको ५१ लाख ५ हजार बराबरको क्षति भएको छ भने धनमायाको घरमा २१ जनाको परिवार आश्रित छ । आगलागीबाट रमेश श्रेष्ठको १५ लाख ९५हजार, उत्तरकुमारी श्रेष्ठको ३१ लाख २४ हजार, सिताराम नेवारको १६ लाख ७० हजार, मीन ब.नेवारको ६लाख, मानकुमारी नेवारको २७ लाख १२ हजार र ) बम ब.श्रेष्ठको १५ लाख १० हजार बराबरको क्षति भएको छ ।


आगलागीबाट जलेको रमेश श्रेष्ठको घरमा ५ जना , उत्तरकुमारी श्रेष्ठको घरमा १२ जना, सिताराम नेवारको घरमा ७ जना , मीन बहादुर नेवारको घरमा ४ जना, मानकुमारी नेवारको घरमा १ जना र बम बहादुर श्रेष्ठको घरमा ९ जना बसोबास गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापको स्थलगत अनुगमनको रिपोर्ट अनुसार आगलागीबाट १ करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...