रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं २ सैपुको तिलौरीमा विद्युत् सर्ट भएर आगोलागि हुँदा एक घरपूर्ण रूपमा क्षति भएको छ । साथै, घरमा आगोलागि भएपछि मौरी बिच्किएर चिल्दा घरधनी चन्द्रबहादुर पौडेल गम्भीर घाइते भएका छन् । पौडेलाई बेहोस अवस्थामा उद्धार गरी अहिले सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा उपचार भइरहेको छ ।
शनिवार करिब साँझ ७ बजेको समयमा भएको आगोलागिबाट घर पूर्ण रूपमा जलेको छ । ढुङ्गा माटोले बनेको पौडेलको घरमा ५ जनाको परिवार बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्ट भएर घरमा आगोलागि भएको बुझिएको र घरमा पालेको मौरी आगोलागिबाट बिच्किँदा घरबेटीलाई चिलेको (टोकेको) खुलेको छ । मौरीको टोकाईबाट घरबेटी पौडेल बेहोस अवस्थामा पुगेका छन् । उनको घर पूर्णपुरमा जलेर नष्ट भएको स्थानीयले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...