रामेछाप । जिल्लाको दोरम्वा गाउँपालिका वडा नं–७ दोब्ला स्थित खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराती भिरवाट लड्दा एक बृद्धको ज्यान गएको छ ।
भिरवाट लड्दा दोरम्वा गाउँपालिका वडा नं–७ का ७० बर्षिय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो । गएराती श्रेष्ठको निजी खरबारीमा आगलागी भएपछि आगो निभाउन गएका श्रेष्ठ भिरवाट करिव १ सय मिटर तल लडेका थिए । घटनापछि श्रेष्ठको स्थानियहरुले उद्धार गरि एम्वुलेन्स मार्फत काठमाण्डौं तर्फ लैजाने क्रममा दोरम्वा वडा नं–७ कै दोब्लामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृतकको शव पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम मन्थली ल्याइदै गरेको पनि प्रहरीले जनाएको छ ।