आगो लागी नियन्त्रणमा सहभागी हुन रामेछाप कांग्रेसको अपिल

Written by meropradesh creator

१५ चैत्र २०७९, बुधबार

रामेछाप । नेपाली कांग्रेस रामेछापले आगो लागी नियन्त्रण गर्न सक्रिय सहभागी हुन सबै पक्षलाई आग्रह गरेको छ । आज एक बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस रामेछपका कार्यबाहक सभापती लेखबहादुर कार्कीले पार्टिका नेता कार्यकर्ता लगाएत सम्पुर्ण नागरिक आगोलागी नियन्त्रणमा लागीपर्न आग्रह गरेका छन् ।

बिज्ञप्तिमा भनिएको छ विगत केही दिन देखि जिल्लाको मन्थली नगरपालिका र रामेछाप नगरपालिका लगायत जिल्लाका धेरै स्थानहरुमा भिषण आगलागि भई जंगल विनास भैरहेको साथै केहि ठाउँमा व्यक्तिका घर गोठहरु समेत जलेर सम्मति क्षती भएको प्रति नेपाली कांग्रेस रामेछापको गम्भिर ध्यानाकर्षण भएको छ ।

आगो नियन्त्रणमा सरकारी प्रयासहरु भैरहेका भएपनि ति प्रयासहरुले सफलता प्राप्त गर्न सकिरहेको देखिदैन । वन जंगलहरु हामी सबै समुदायहरुको सम्पती भएका कारण यसको संरक्षण गर्नु पनि हाम्रो साझा दायित्व हो । वनमा आगो लगाउने कार्य कानूनी र पर्यावरणीय रुपमा अपराध भएकोले आगोलगाउने व्यक्तिको पहिचान गरी कानुनी कठघरामा उभ्याउने कार्यमा सहयोग पु–याउनु हुन र आगलागी नियन्त्रणमा होसियारका साथ सक्रिय सहभागी भैदिनु हुन नेपाली काग्रेस रामेछाप अन्र्तरगतका सबै तहगत कार्यसमितिहरु, भातृ एवं शुभेच्छुक संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछु भनिएको छ

साथै भैरहेको आगलागि नियन्त्रण र बाँकी ठाउहरु अगलागि बाट बचाउन स्थानीय तहहरुसंग समन्वय गरि तत्काल कार्ययोजना बनाई कार्यन्वयन गर्ने र गराउने कार्यमा सक्रिय सहभागिको लागि समेत अनुरोध गर्दछु भनिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...