उर्लाबारी । आगोलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको मृत्यु भएको छ । दहालको उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको हो । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा लक्ष्मी पूजाको राति आगलागी हुँदा आगो निभाउन गएका ४ जना प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । घाइते मध्य उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा गत मंगलबार बिहान कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो ।
योसँगै उर्लाबारी आगलागीमा परेर मृत्यु हुनेको संख्या २ पुगेको छ । घाइतेमध्ये प्रहरीका अनुसार दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजा दिन आगलागी भएको थियो । हाल २६ जना उपचाररत छन् । गम्भीर अवस्थाका ७ जनाको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको छ ।