रामेछाप । मन्थली नगरपालिका वडा नं–१ सानीमदौका रामबहादुर खत्रीको गोठमा आगलागी हुँदा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ ।
बस्तु बाध्ने गोठमा वस्तुलाई कुडो पकाएर खत्रीले आगो निभाएर सुत्न घरमा गएका थिए । आँगो निभाए भने पनि आँगोको केही अंश बाँकी रहेको र त्यहीँ आगो सल्कदै जाँदा गोठमा आगलागी भएको स्थानियहरुले बताएका छन् । आगलागीवाट करिव २० हजार रुपैयाँ बरावरको क्षती भएको जिल्ला प्रहरी कार्यालयले रामेछापले जनाएको छ ।
मध्यराती गोठमा भएको आँगलागीवाट बाधिराखेको लैनौ भैसी र भैंसीको पाडोलाई समेत आगोले पोलेको छ । आगलागी वढ्दै जाँदा भैसीले दाम्लो चुडाएर भाग्न सफल भएको थियो भने बाधिरहेको पाडोलाई आगोले पोल्दा पाडो पुरै जलेको अवस्थामा भेटिएको छ । आगलागीमा परेपछि भैँसी र पाडोलाई उपचारको लागि खत्रीको घर सानिमदौ पुगेका मन्थली पशु शाखाका प्राविधिक मुकुन्द खड्काले भैसीलाई औषधी उपचार गर्दा बचाउन सकिने अवस्था देखिएको भएता पनि भैसीको पाडो भने बचाउन सकिने अवस्था नरहेको जानकारी दिए ।