आगलागी पीडितलाई मन्थली नगरपालिका द्वारा जस्ता पाता वितरण

रामेछाप । रामेछाप नगरपालिका  वडा नम्बर ९ मा भएको आगलागी पीडितहरूलाई जस्तापाता वितरण गरेको छ । केही दिन अघि आगलागीबाट रामेछाप नगरपालिका–९ टारका १३ घर जलेर नष्ट भएको थियो । मन्थली नगरपालिकाले सोमबार बिहान पीडितको घरमा पुगेर जस्ता पाता सहयोग गरेको हो ।

मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठको नेतृत्वमा विपत् व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल थापा लगायत कर्मचारी र सञ्चारकर्मीहरू हरूको टोलीले सोमबार बिहानै आगलागी प्रभावित बस्तीका पीडितहरूको दैलोमानमै पुगेर सहयोग स्वरूप जस्ता पात उपलब्ध गराएको हो । नगरपालिकाले पीडित परिवारलाई प्रति परिवार दुई बन्डलका दरले छाना छाउने जस्ता पाता उपलब्ध गराएको छ । राहत लिनका लागि भेला भएका पीडित परिवारहरूलाई जस्ता पाता प्रदान गर्दे नगरपालिका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठले छिमेकी नगरपालिका भएको नाताले एकलाई पर्दा अर्को छिमेकीले सहयोग गर्नु मानवीय धर्म भएको र भाइचाराको नाताले मन्थली नगरपालिकाले सामान्य भए पनि सहयोग गरेको र आवश्यक परे थप सकेको सहयोग गर्न मन्थली नगरपालिका अझै तयार रहेको बताएका छन् ।

गत बिहीबार नजिकैको जङ्गलमा लागेको आगो गाउँमा पसेपछि गाउँका १३ घर सँगै १४ वटा गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट धनमाल र पशु बस्तु क्षति भए पनि मानवीय क्षति भने हुन पाएन । आगलागीमा परी ६० भन्दा बढी बाख्रा दुई वटा भैँसी लगायतका पशु बस्तु समेत मरेका थिए । जिल्ला विपत् व्यवस्थापन समितिले ३० हजारका दरले र रामेछाप नगरपालिकाले प्रतिपरिवार १५ हजारका दरले नगद सहयोग गर्ने निर्णय गरेकोले उनीहरूलाई तत्कालका लागि निकै राहत भएको पनि वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी गराए । उनले पछिल्लो समयमा खाद्यान्न, कपडा र अन्य सामाग्रीहरू जुट्न लागेका भए पनि पीडितहरूका लागि स्थायी आवास निर्माण गर्नु भने उनीहरू र वडाका लागि समेत मुख्य चुनौतीको विषय भएकोले यस तर्फ सबैको ध्यानाकर्षण पनि गराएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...