रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ९ पुराना गाउँमा आगलागीमा परी ८५ वर्षीय वृद्धलालमाया तामाङ घाइते भएकी छिन् । बारीको कान्लामा झ्यास पोल्न बालेको आगो शरीरमा सल्किँदा घाइते भएकी तामाङलाई हेलिकप्टर मार्फत उपचारको लागी काठमाण्डौं लगिएको छ
बिहीबार आफ्नै बारीमा सुकेको पत्कर,झ्यास पोल्ने क्रममा अचानक उनकै शरीरमा समेत आगलागी हुँदा उनी गम्भीर घाइते भएकोले जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।
शरीरमा आगोले पोलेर गम्भीर घाइते तामाङलाई प्रहरी र स्थानीयको सहयोगमा श्री एयरलाइन्स कम्पनीको हेलिकप्टरबाट कीर्तिपुर स्थित बर्निङ अस्पताल काठमाडौँ पठाइएको जिप्रका रामेछापले जनाएको हो । उनको अवस्था गम्भीर रहेको निवर्तमान वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगरले जानकारी दिए । उनले भने “बारीको कान्लामा झ्यास पोल्ने क्रममा आगो अन्यन्त्रीत भए पछि आगो नियन्त्रणमा लिने कोसिस गर्दा आगो अन्यन्त्रीत भएको र वृद्ध तामाङ घाइते भएको जानकारी दिए”