रामेछाप । बागमती प्रदेश सरकारले आगलागीको कारण ज्यान गएकाहरुका आफन्तलाई एक लाख दिने भएको छ । आइतबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बैठकले केही दिनअघि प्रदेशको ललितपुर र रामेछाप जिल्लामा वनका लागेको आगो नियन्त्रणमा लिने क्रममा मृत्यु भएका तीन जनालाई जनही एक÷एक लाख रुपैयाँका दरले राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताएका छ् । उनका अनुसार, उक्त रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत् उपलब्ध गराउनेछ । प्रदेशको ललितपुरका दुई जना र रामेछाप जिल्लाका एक जनाको वनमा लागेको आगो नियन्त्रणमा लिने क्रममा मृत्यु भएको थियो ।