काठमाण्डौं । नेपाली काँग्रेसले आज गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक पछि काँग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।
बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बुढानीलकण्ठका लागि तय भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने काँग्रेसले जनाएको छ । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् ।