रामेछापमा बजार अनुगमन बाट राजस्व सङ्कलन राम्रो ः अखाद्य र म्याद गुज्रेका समान भेटिनु घातक

रामेछाप । राजस्व सङ्कलनलाई देशको अर्थतन्त्रमा सकारात्मक लिने गरिन्छ । तर  रामेछाप जिल्लाको विभिन्न बजार क्षेत्रमा अनुगमन गर्दा भने राजश्व सङ्कलनमा खुसी भन्दा बढी दुःख हुन पर्ने देखिन्छ । किनकि बढी मात्रामा राजस्व म्याद गुज्रेका र अखाद्य पर्दाथ बिक्रिबितरण गरेका व्यवसायिहरुलाई जरिवाना गरेर सङ्कलन गरेको देखिन्छ  ।

जसले जिल्लामा म्याद गुज्रेका र अखाद्य बस्तु बिक्री वितरण भएको भन्ने देखाउने गरेको छ । गाउँ गाउँका सबै सर्वसाधारणको अवस्था म्याद गुज्रेको वा अखाद्य बस्तु छुटाउन सक्ने छैन । जसको कारण व्यवसायीले नागरिको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गरेको पुष्टि हुन्छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा सोमबार बसेको जिल्ला स्तरीय बजार अनुगमन समितिको बैठकमा उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख सुबोध कुमार शाह कर्मयोगीले बजार अनुगमनको अवस्थाबारे जानकारी गराएका थिए ।

उक्त जानकारीमा चालु आथिक वर्षमा रामेछापका विभिन्न पालिकाहरूमा गरिएको बजार अनुगमन बाट २ लाख,२८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिए । उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख कर्मयोगीले बताए अनुसार – चालु आर्थिक वर्ष (साउन देखि हाल सम्म ) मन्थली नगरपालिकामा २८४ वटा, लिखु तामाकोसी गाउँपालिकामा ३० वटा र रामेछाप नगरपालिकामा ६ वटा गरी कुल ३ सय २० वटा बिन्दुहरू अनुगमन गर्दा म्याद गुज्रेका १३ हजार पन्चानब्बे रुपैयाँ बराबरको समान पनि बरामद गरी नष्ट गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...