सामाजिक उत्तरदायित्व बहन गर्न वित्तीय संस्थालाई संसद् तामाङको आग्रह

 रामेछाप । बैक तथा वित्तीय संस्थाहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्न प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले आयोजना गरेको बैङ्क तथा ईन्स्योरेन्सको सामाजिक उत्तरदायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वित्तीय संस्थाहरूले आफूले गर्नु पर्ने दायित्व बहन गर्नु पर्ने बताएका छन् । 

नेपाल राष्ट्र बैङ्कको नीति अनुसार मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शीर्षक अन्तर्गत आफ्नो कार्यक्षेत्रमा खर्च गर्न पर्ने भएपनी यस अघि खासै नभएको भए पनि अबका दिनमा सो अनुसार खर्च गर्न आग्रह गरे । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ९ र मन्थली नगरपालिका वडा नम्बर १० मा आगोलागिबाट १५ वटा घर तथा १८ वटा गोठ जलेर नष्ट भएको अग्नि पीडितहरूलाई सकेको सहयोग गर्न समेत आग्रह गरे । सङ्घीय सरकारको अर्थ समितिका सदस्य समेत रहेका तामाङले अर्थ समितिमा समेत यस विषयमा छलफल गर्ने बताएका छन् । फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का, नेपाली काँग्रेसका उपसभापति लेख बहादुर कार्की, नागरिक उपभोक्ता मञ्चका अध्यक्ष रामचन्द्र कँडेल,नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, लगायत जिल्लामा सञ्चालित बैङ्क तथा ईन्स्योरेन्सका प्रमुखहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा पत्रकारहरूले बैङ्क तथा वित्तीय संस्थाहरूले गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत के के काम गर्नु भएको छ, शिक्षा, स्वास्थ्य, मानवीय सहयोग, तथा राहत, विश्व सम्पदा, वातावरण वित्तीय साक्षरता लगायतका क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था भए अनुसार रामेछाप जिल्लामा के के काम भए जस्ता प्रश्न राखेका थिए ।

 बैङ्क तथा वित्तीय संस्थाहरूले केही मात्रामा काम गरे पनि जति गर्न पर्ने हो सो अनुसार काम गर्न नसकेको भन्दै आगामी दिनमा त्यस्ता खाले कार्यक्रम माग भएर आएको अवस्थामा माथिल्लो निकाय सँग अनुरोध गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...