पर्यटन पवद्र्धनमा होटेल व्यवसायीको महत्त्वपूर्ण भूमिका हुन्छ ः प्रतिनिधि सभा सदस्य कान्छाराम

रामेछाप । पर्यटन पवद्र्धनमा होटेल व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ “कान्छारामले” बताएका छन् । होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशको चौथो साधारण सभाको उद्घाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य कान्छारामले होटेल व्यवसायीले खेल्ने भूमिकाले पर्यटन प्रवर्द्धन भर पर्ने बताएका छन् । 

प्रतिनिधि सभा सदस्य कान्छारामले साधारण सभालाई सम्बोधन गर्दै भने–रामेछापमा वर्षमा दुई सिजनमा लुक्ला जान मन्थली एयरपोर्ट प्रयोग गर्न वैदेशिक पर्यटक मन्थली आउँछन् तर मन्थली बस्ने वातावरण बन्न सकेको छैन । किन मन्थली बस्न सकेन यस विषयमा बहस गर्न जरुरी छ । काठमाण्डौं र सिन्धुली लगायतको होटेलमा बस्ने तर मन्थलीमा फोहोर फ्याल्ने मात्र काम भएको छ । मन्थलीले अन्य फाइदा लिन सकेको छैन । यस विषयमा रामेछापका होटेल व्यवसायीले गम्भीर भएर छलफल गर्न पर्छ । किन रामेछापको होटेल प्रयोग नगरी सिन्धुली आएर वास बस्छन् पर्यटक, त्यसको अनुसन्धान गर्न जरुरी छ । रामेछापका होटेल व्यवसायमा के कमजोरी छ । अब सुधार गरेर जान जरुरी छ । त्यसका लागी हामी जनप्रतिनिधि र तपाईँहरू बसेर छलफल गरौँ । बहस गरौँ । एक रात पर्यटन रामेछापमा कम्तीमा बस्ने वातावरण बनाऊँ त्यसका लागी के गर्न पर्छ म गर्न तयार छु” प्रतिनिधि सभा सदस्य कान्छारामले भने । 

त्यस्तै नेकपा एमालेका अध्यक्ष समेत रहेका बागमती प्रदेश सदस्य आनन्द कुमार श्रेष्ठले होटेल व्यवसायीको क्षेत्रमा सरकारले के कस्ता सहयोग गर्न सकिन्छ आफूहरू तयार रहेको बताए । व्यवसायीहरूले राज्यले गरेन भनेर मात्र सरकार र राज्यलाई दोष दिन नहुने भन्दै व्यवसायीले पनि सरकारलाई सुझाव दिन पर्ने र घुच्च्याउन पर्ने बताए । साथै केही कानुनी जटिलता भएको भन्दै भर्खर भर्खर आफूहरू कानुन परिमार्जन गर्ने र कानुनी जटिलता सुल्झाउने ठाउँमा पुगेको भन्दै त्यस्ता जटिल्ताहरु सुधार गर्दै लैजाने बताए ।

होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश लगायत देश भर बाट झन्डै दुई सय होटेल व्यवसायीहरूको सहभागिता रहेको रामेछापका अध्यक्ष कवीन्द्र लामाले बताए । पञ्चे बाजा सहित मन्थली बजार परिक्रमा गरी सम्पन्न साधारण सभाले रामेछापको पर्यटन पर्वद्धनमा केही सहयोग पुग्ने र वाग्मती प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२४ लाई समेत सहयोग पुग्ने अध्यक्ष लामाले बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...